साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऐना

Nepal Telecom ad

‘ऐना सिसाको, बोलाउँदा बोल्दिनौ किन रिसाको’ यो नेपाली लोकगीत हो । यस्तै लोकले हेर्ने भएर नै होला ऐना लोकगीत भन्दा प्यारो मानिन्छ । ऐना कहाँ र कससँग छैन । साँच्चै भनौं भने यस जमानामा ऐना नभएको व्यक्ति ने हुँदैन । ऐनाप्रतिको मानवीय मोह ताजुकलाग्दो छ । घर कोठामात्र नभएर आफ्नो हरेक सामानमा स–सम्मान एउटा ऐना किन मौज्दात राखिन्छ । खान नपाउनेहरूले पनि ऐना राखेकै हुन्छन् । हेरेकै हुन्छन्, किन ? ऐनामा डिग्री गर्नेहरूको लागि यो महŒवपूर्ण अनुसन्धानको विषय बन्न सक्छ । ऐनाको स्वार्थका लागि कसैले पनि रुपियाँ खर्च गरेर ऐना राख्दैन । ऐना त निजी अनुहार नियाल्न आफ्नो स्वार्थका लागि जगेडा गरिन्छ । जमाना जानी नसक्नु भएकाले व्यक्ति र वस्तुपिच्छेका ऐनाहरू देखापर्नु वा हेर्न पाउनु सामान्य गर्वको कुरा होइन । यसको आकार–प्रकारमा कुनै इन्जिनियरले पनि टाउको नदुखाई विविधीकरण भएको सामान्य बौद्धिक वर्गले पनि ठोकुवा गर्न सक्छ ।

जहाँ पनि ऐना, जस्तो नि ऐना सर्वसुलभ पुर्पुरामा कुँदिएर आएको यस शताब्दीको देन र विश्वको उपलब्धिमूलक चुनौती हो । उहिले महिला वा पुरुषले पटुका वा फिपीमा कैद गर्ने शिशाको ऐना आज चर्पी र बाथरुममा सजिसजाउ । साइकल, रिक्सा, ट्याम्पो, मोटरसाइकल, मोटर रेल, जहाज, दराज, टी–टेबुल, पसल सर्वत्र जमानाले जन्माएको लोकप्रिय ऐना, कसको साथमा छैन ? आफूले आफैंलाई वा अरुलाई नियाल्ने मोहक ऐना सर्वत्र छ कि छैन ? जिनी चोथालो, मालिक वा गोठालो हु–बहु दर्पणमा छाया उत्रिए वा देखिए पछि सहज तवरले स–सम्मान सक्कलको रूपमा स्वीकार्नु सचेत मानवको कर्तव्य हो । त्यसैले भन्ने गरिन्छ ऐनाको फैसला र प्रधान न्यायाधीशको फैसला विवादरहित अर्थात् अकाट्य मानिन्छ । विशुद्ध न्यायालयलाई विवादमा मुछेर अन्मरियो भनेर धारे हात पार्दै सराप्नुहोला । म बबुराले त ऐनाकै व्यापार गर्ने भएकाले न्यायधीशहरूले पनि साधारण जनताले झैं ऐना किनेर थुतुनु हेरून् भन्नाखातिर विवादरहित विज्ञापनमात्र गरेको ।

ऐना वैज्ञानिक बुद्धिले प्रयोग गरेर तयार पारिएको शुद्ध भौतिक साधन हो । यसमा उत्रिएका छायाँहरू शतप्रतिशत यथार्थ र तथ्यपरक हुन्छन् । नपत्याए उउटा ऐना किनेर हेर्नुस् त । तर न्यायाधीशको फैसला सत्यतथ्य, यथार्थ र स्वच्छ हुनसक्दैन । सत्यतथ्य वा निष्पक्षताको सीमाभित्र बुर्कुसी मार्न नसक्नु न्यायाधीशको वाध्यता हो । निचोरे… के आउँछ, काटे रगत आउँछ, के गर्नु बाँच र बचाऊ, भन्ने त राष्ट्रिय नारा नै हो नि । सीमित आय असीमित आवश्यकताको सामुन्ने यस जमानामा बाहुनले पनि भोको पेटले वेद पढ्दैन । भोगविलासमा जीवनको अन्त्य गर्न अनधिकृत धन, ऐशआराममा गौण हुन्छ । लोभलालचले ग्रस्त न्यायाधीशबाट ऐनालेझैं यथार्थ निष्पक्ष तथा सत्य फैसलाको आशा राख्नु स्वयंमा लज्जास्पद हुन्छ । ऐना प्राणरहित निर्णायक हो । स्वार्थरहित निर्णय विवादरहित हुन्छ । जीवित स्वार्थी न्यायाधीशहरू पारिवारिक नौका डोलाउन आछु–आछु परेर नै होला झगडियाको झुपडीमा निसङ्कोच मैलो लुगा धुन रुचाउँछन् । अन्ततः मैला छिटाहरू मुखमा पोतिएको पत्तै नपाई घूसको वूजोका साथ फैसलाको अन्त्य गर्नुमा आनन्द मान्छन् । यसलाई कानुनविद् विखे गुण भनी जान्नुपर्छ । र त भन्नै पर्ने हुन्छ– न्यायाधीशको फैसला ऐनाजस्तो सफा, स्वच्छ, तथ्यपरक र निर्भीक हुँदैन । फलस्वरूप रुनु पर्ने हाँसिराखेका हुन्छन् भने हाँस्नु पर्ने रोइराखेका कारुणिक दुर्घटना देख्न र सुन्न पाइनुृ स्वच्छ, न्यायमूर्तिको फुर्तीमा डढेलो लाग्नु हो । यस्तो तमासा कसैलाई पच्ने र कसैलाई नपच्ने मानवीय वंशाणुगत लक्षण हो । दर्दनाक अवस्थामा न्यायाधीशहरू निष्पक्ष, निर्भीक, निर्णायक गन्तव्यको अन्तिम तारो बन्न सक्दैन । यो त सोझा निमुखाको सा¥होगा¥हो फुकाउने एउटा भरपर्दो बाहनामात्रै ।

‘खोला धाउँछ कि तिर्खा धाउँछ’ भनेझैं ऐनाले पनि नक्कले दोपायालाई खोज्दै हिँड्दैन । बरु मान्छे नै नानाभाँतीका ऐनाहरू खोज्दै बजार पसेको दुनियाँले देखेका छन् । बोक्ने साक्षी छन्, देख्ने साक्षी छन् । ऐनाको भर मान्छे, मान्छेको भर ऐनाबाहेक दुनियाँमा केही छैन । ऐनाको निष्पक्ष एवं पारदर्शितामा रूपसी हुन् या कुरूप, सशक्त हुन् या अशक्त आजित छन् । ऐनाअगाडि गरीब उभियोस् वा धनी, अनपढ स्वाँठ उभियोस् वा विद्वान् च्वाँक, लिंगीय भेदभावरहित ऐना कुन पार्टीसँग छैन ? सिन्दुर टीका धारण गर्ने श्रीमतीसँग ऐना, दा¥ही जु“गा मठार्ने, पाखुरा बटार्ने श्रीमानसँग ऐना । साइकल, मोटरसाइकल, टेम्पो वा रिक्सा या स्कुटरको दायाँबायाँ ऐना । जहाजमा ऐना, मोटरमा ऐना, जनताको कार वा घरमा ऐना । गर्दाभन्दा प्राडो, पजेरोजस्ता सुरक्षित मन्त्री, सांसदहरूझैं शक्तिशालीले सयर गर्ने जीपको अगाडि–पछाडि ऐना, जुन चीजले न्यायाधीशहरूले झैं आको, गाको वा छिसिक्क के भाको सम्पूर्ण पूर्वाग्रहरहित, यथार्थसहित पारदर्शी तवरले तत्काल देखाउँछ । न्यायाधीशहरूले झैं गोजी नभरिएसम्म निर्णय दिन गाह्रो मान्दैन । त्यसैले कानुनविद्हरू हो, एउटा दर्पणमा पैसा समर्पण गरौं र ऐना हेरौं । यो ज्यादै लोकप्रिय तथा सङ्ग्रहणीय प्रमाणित भए तापनि हामी (खप्पर) फुटे, ऐना हेर्छौं तर ऐना फुटे हामी फालिदिन्छौं । हेर्दैनौं । यसलाई मानवीय स्वार्थको पराकाष्ठा मानिन्छ ।

ऐना नहेरी शृङ्गार (मेकअप) गर्दा मखुण्डी बन्न सकिन्छ । त्यसैले ऐना अनिवार्य मानिन्छ । ऐना नहेरी कपालको सिउँदो कोर्न मिल्दैन । जबर्जस्ती कोरे सोझो सिउँदो नागबेली बन्नसक्छ । ऐना नहेरी गाडी हाँक्नाले औ“सी पूर्णिमामा विरलैले जिभ्रो टोक्ने गरेका छन् । ऐनाले सम्भावित दुर्घटनाबाट मुक्ति दिने जुक्तिदेखि न्यायाधीशहरू छक्क पर्न सक्छन् । यो वैज्ञानिक रहस्यको गर्भमा छ तर न्यायाधीशको शंकास्पद फैसला वैज्ञानिक रहस्यको गर्भमा ओथारिन सक्दैन । जुन हाम्रै देश र समाजमा निसङ्कोच एवं लज्जास्पदावस्थामा जीवित छ । जसको सनाखत गर्नु हाम्रो धर्म ठहरिन्छ ।

जुनसुकै धरातलमा होस् ऐनाले साँचो बक्छ, सही देखाउँछ । यसको निर्णयलाई डाहा गर्नु बत्तीले सूर्यलाई ईष्र्या गर्नुजस्तो हो । ज्यान जाओस् तर ऐनाले बाहिरहोस् या भित्र गलत चित्र दि“दैन । विश्वमा भएका हुन् वा गएका न्यायाधीशहरूको छलकपट नैतिक पतन र व्यक्तित्व ¥हासका कारण सायद सुधारार्थ धेरैले सिंगै चोर औंलो ठड्याएर तीतो चेतावनी दिइराखेका छन् जसलाई फैलाको रङ्गमञ्चमा शुभसङ्केत मान्न गा¥है पर्ला ।

‘ऋषिमुनिका सन्तान शिसीमुनि’बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x