साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन चाउरिस् मरीच ? आफ्नै रागले !

रागविनाको माछालाई मान्छेहरू तलाउमै पुलाउ बनाएर खान्छन् भने रागले भरपूर सर्प पार्कमै मण्डल मारेर हिँडे पनि छिसिक्क छुने कस्को ह्याउ ?

Nepal Telecom ad

शेषराज भट्टराई :

आफ्‌नै रागको कारणले गर्दा मरीच चाउरिन्छ । मरीच चाउरिनुलाई अपशकुन नमाने पनि वृद्ध, नेता, सत्ता, पार्टी वा पाठी चाउरिनुलाई अपशकुनको रूपमा लिइन्छ । त्यसो त चाउरी रहरले र करले पर्ने कुरा पनि भएन, जहाँ चाउरी पर्छ त्यहाँ रागको रन्को रहेछ भनेर ठोकुवा गर्न सकिन्छ । मनको बहलाई तह नलगाई उकुसमुकुस भएर जिउनु पनि रागको सञ्चय गर्नु हो । रागको कारणले खाग भएर आफ्‌नो छविमा दाग लगाउनुभन्दा रागदेखि टाढा हुनु नै श्रेयस्कर हुन्छ । वास्तवमा रागले राम्रो गर्छ त ?

रागले राम्रो गर्थ्यो भने विचरा मरीच किन चाउरी पर्थ्यो ? मान्छेमा पनि राग हुन्छ तर मान्छेको रागचाहिँ गैँडाको खागजस्तो नाकमाथि ठडिएको हुँदैन । राग भनेको आन्तरिक चाप हो, यसको मापनको लागि कुनै संयन्त्रको जन्म नभएको हुनाले मानवीय सङ्गतको माध्यमद्वारा एकार्काको रागको चाप पत्ता लगाइन्छ ।

वृद्धहरू बैंसको रागले चाउरिन्छन् । पार्टी नेताको रागले चाउरिन्छ । नेता आफ्‌नै रागले चाउरिन्छ । कार्यालय कर्मचारीको रागले चाउरिन्छ । १०४ वर्ष शासन गरेर राणाहरूको रागले राणाशासन चाउरिन पुग्यो । तीस वर्ष शासन गरेर पञ्चे निहुरिन या चाउरिन बाध्य भयो । अहंकारले भलो पनि गर्दैन र आन्तरिक अह‌ङ्कारमा प्रचुरमात्रामा चाउरीका गराहरू देख्न पाइन्छ । यस मुलुकमा रागविनाको मरीच र खागविनाको गैंडा हेलाको पात्र हुन्छ ।

मरीचको राग हुँदैनथ्यो भने मकैको ठाउँमा त्यसलाई भुटेर हजम पार्न सकिन्थ्यो होला । रागविनाको गैंडाको खाग नपत्याउँदाले पनि एकैगाँस बनाउन सक्छ । खागसँगको गैंडालाई उच्च प्राणीको रुपमा लिने परम्परा अहिले पनि कायमै छ । त्यस्तै रागविनाको माछालाई मान्छेहरू तलाउमै पुलाउ बनाएर खान्छन् भने रागले भरपूर सर्प पार्कमै मण्डल मारेर हिँडे पनि छिसिक्क छुने कस्को ह्याउ ? त्यसैले अन्य क्षेत्रको भन्दा पनि राजनीतिक क्षेत्रका कार्यकर्ताले आफ्‌नो राग बढाएर मरीच भन्दा पीरो, खरो र सर्पभन्दा दरो हुनुपर्ने समयको माग छ ।

यसरी रागैरागले ओतप्रोत भएको प्राणी चाउरिने, दाउरिने, निहुरिने वा लाहुरिने भन्ने कुरै आउँदैन । मरीच जस्तो खरो र पीरो भएमा पनि स्वयं चाउरिनु या निहुरिनु पर्ने हुन्छ । निहुरिनु स्वयं नराम्रो होइन, एक अर्थमा प्रार्थना सर्वग्राह्य हुन्छ ।

नेपालमा वैधानिक नागरिकले अवैधानिक दौलत आँखा छलेर नेत्र चिम्लिएर हसुर्छन् र पच्ने हो कि नपच्ने भन्ने चिन्ताले आफ्‌नो रागप्रति ज्यादै चिन्तित हुन्छन् र यसको पिरलोले मानवाधिकारवादी दानव आस्ते-आस्ते चाउरिदै, निहुरिदै, दाउरिदै या लाहुरिदै बचाइको रछानमा ओछ्यान लगाएर कालकुटी ढुकिराखेका हुन्छन् ।

०००
ऋषिमुनिका सन्तान सिसीमुनि (२०५९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x