साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाज आफैँ लजायो

खाना खायौँ विषादी, तन मन सबको, रोगले गाल्न थाल्यो राख्तैनन् ख्याल कोही, दिनहुँ मनपरी, गेहमा चल्न थाल्यो । आयो भन्सार छल्दै, ट्रक जति सुन यो, जोख्न थाल्दा हरायो यस्तो राम्रो सुरक्षा, अनुभव गरिँदा, लाज आफैँ लजायो ॥

Nepal Telecom ad

हृषीकेश बराल :

आफ्नो संस्कार भाषा, चलन विगतका, सभ्यता भुल्न थाल्यौँ
राम्रा शास्त्रीय वाणी, स्मृति र निगमका, नीति सम्पूर्ण फाल्यौँ ।
मर्यादा राख्न बिर्स्यौँ, स्वजन र गुरुमा, लाजमर्दो बनायौँ
कस्तो आयो जमाना, बुझिनसकिनु यो, लाज आफैँ लजायो ॥१

साह्रै छोटो बनायौँ, पहिरन तनमा, पारदर्शी छ टालो
ह्वाङ्गै देख्ने लगायौँ, वसन जति सियौँ, माकुराको छ जालो ।
अङ्ग्रेजी बोल्नुपर्ने, ठसठस कनिँदै, मातृभाषा हरायो
ड्याडी म्यामी बनायौँ, जनक र जननी, लाज आफैँ लजायो ॥२

सारा उद्योग बेची, श्रमिक जति थिए, रोजगारी गुमाए
हाम्रा आशा भरोसा, युवक र युवती, राहदानी बनाए ।
बाँझै छन् खेतबारी, फसल पसलमा, किन्नुपर्ने हुँदा पो
यस्तो देख्ता व्यवस्था, मलिन हृदयले, लाज आफैँ लजायो ॥३

शिक्षाको नीति उस्तै, विनय नरहने, मान्यता मूल्य भुल्ने
कस्तो लाचार शिक्षा, व्यवहृत नहुने, रोजगारी नमिल्ने ।
साह्रै अश्लील चाला, कहन नसकिने, नाच गाना उदायो
देख्ता सर्वत्र छाडा, यस कलियुगमा, लाज आफैँ लजायो ॥४

खाना खायौँ विषादी, तन मन सबको, रोगले गाल्न थाल्यो
राख्तैनन् ख्याल कोही, दिनहुँ मनपरी, गेहमा चल्न थाल्यो ।
आयो भन्सार छल्दै, ट्रक जति सुन यो, जोख्न थाल्दा हरायो
यस्तो राम्रो सुरक्षा, अनुभव गरिँदा, लाज आफैँ लजायो ॥५

सुन्नेले कान थुन्छन्, बधिरसरि बनी, मूक जस्तै भएछन्
देख्नेले नेत्र छोप्छन्, तमससरि भई, अन्ध जस्तै बनेछन् ।
बोल्नेले बोल्न छाडी, गुपचुप किन छन्, न्याय सारा हरायो
यस्तो संसार देख्ता, विचलित रहँदै, लाज आफैँ लजायो ॥६

०००
पोखरा -२६, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x