रुद्र ज्ञवालीमानक, फ्रेम र प्रयोगशाला
मानक, फ्रेम र प्रयोगशाला ? सोँच्यो- मन, अनुभूति र संवेदनाको पनि कुनै मानक हुन्छ र ? बिलखबन्द ऊ जिल्लिँदै बाहिरियो ।

रुद्र ज्ञवाली :
“लेख्नु हुँदो रहेछ । तर अहिलेसम्म चिनाजानी रहेनछ है ।” 
“हजुर म राजधानी बाहिर बस्ने मान्छे । धेरैलाई चिन्दिनँ ।”
“क्याम्पसमा हो ?”
“होइन हजुर । छ आफ्नै ससानो बसिवियाँलो ।”
“किराना पसल पो ।” पाण्डुलिपि सर्सर्ति पल्टाउँदै उसले यत्ति भन्यो ।
“हजुर” उसले उसका कुरामा सही थाप्यो ।
“आउनु त भयो । तर हाम्रो संस्थाका केही आधारभूत सर्तहरू छन् र ती तपाईँले पूरा गर्नु पर्छ ।”
“हजुर”
“हामीले घोषितरूपमै भनेका छौं स्रष्टाका सिर्जना हाम्रो मानकभित्र हुनुपर्छ । अर्थात हामीले निर्माण गरेको फ्रेमभित्र अटाउनु पर्छ ।”
“हजुर”
“अर्को कुरा पाण्डुलिपि हाम्रा संस्थाकै सम्पादकबाट सम्पादन भएको हुनु पर्छ ।”
“हजुर”
“शब्दगणित हाम्रा गणकबाट प्रमाणित भएको हुनु पर्छ ?”
“हजुर”
“वर्ण विन्यास हामीले निर्माण गरेको व्याकरण अनुसार मिल्नु पर्छ ?”
“हजुर”
“र लेखक भइपरि आउने अन्य सर्तहरू मान्न पनि तयार हुनु पर्छ । सर्तहरू मान्य भएको अवस्थामा मात्रै हामी यो पाण्डुलिपि प्रयोगशालामा पठाउन सक्छौँ र भनिरहनु नपर्ला त्यसमा केही खर्च अवश्य थपिन्छ ।”
मानक, फ्रेम र प्रयोगशाला ? सोँच्यो- मन, अनुभूति र संवेदनाको पनि कुनै मानक हुन्छ र ? बिलखबन्द ऊ जिल्लिँदै बाहिरियो ।
०००
सिर्जनानगर, भैरहवा
Subscribe
Login
0 Comments
Oldest








































