साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वर्तमान र विगतको मर्म

विदेशीको इसारामा धर्मसर्म फाले लाज पनि लजाउने कर्म गर्न थाले । कस्तो थियो संसारमा गोर्खालीको सान टिठलाग्दो बनेको छ हाम्रो पहिचान ॥

Nepal Telecom ad

डा. बमबहादुर थापा ‘जिताली’ :

वर्तमान छ भुक्तमान ।
एसियाको सर्वोच्च सम्मान ॥

छुचुन्द्राको टाउकामा चमेलीको तेल
चमेराको बथानमा चल्यो ठेलम्ठेल ।
भाङ्ग्रालाई सयपत्री फूल भयो धेर
सदनमा चर्चा चल्यो बल्ल यतिखेर !!

नाइकेले लुटानामा पाल्सी कुरा गर्छन्
यनकेन प्रकारेण आफ्नै भुँडी भर्छन् ।
नाइके र टाउकेले मुलुक नै लुटे
ज्यानमारा अपराधी लुटेपछि छुटे ॥

नीति लिए मोटाउने, आफैँ हुने धनी
युवा गए परदेश कमाउन भनी ।
देश बन्यो बृद्धाश्रम, गरिबमा पहिलो
नेता बने धुन्दुकारी, भ्रष्टाचारी थैलो ॥

हिजो थियो शान्तिक्षेत्र, आज कुरुक्षेत्र
तस्करको केन्द्र बन्यो राजनीति-क्षेत्र ।
करमाथि कर तिरी जनता छन् नाङ्गो
नेताहरू बोल्छन् सधैँ मर्मभेदी बाङ्गो ॥

खोरियाको घैयाधान कोरियामा जान्थ्यो
भारत र भुटानले बेसाएर खान्थ्यो ।
आज हामी विदेशको बेसाएर खान्छौँ
परजीवी नेतालाई गणतन्त्री ठान्छौँ ॥

विदेशीको इसारामा धर्मसर्म फाले
लाज पनि लजाउने कर्म गर्न थाले ।
कस्तो थियो संसारमा गोर्खालीको सान
टिठलाग्दो बनेको छ हाम्रो पहिचान ॥

०००

नागार्जुन न.पा.-१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x