सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वर्तमान र विगतको मर्म

विदेशीको इसारामा धर्मसर्म फाले लाज पनि लजाउने कर्म गर्न थाले । कस्तो थियो संसारमा गोर्खालीको सान टिठलाग्दो बनेको छ हाम्रो पहिचान ॥

Nepal Telecom ad

डा. बमबहादुर थापा ‘जिताली’ :

वर्तमान छ भुक्तमान ।
एसियाको सर्वोच्च सम्मान ॥

छुचुन्द्राको टाउकामा चमेलीको तेल
चमेराको बथानमा चल्यो ठेलम्ठेल ।
भाङ्ग्रालाई सयपत्री फूल भयो धेर
सदनमा चर्चा चल्यो बल्ल यतिखेर !!

नाइकेले लुटानामा पाल्सी कुरा गर्छन्
यनकेन प्रकारेण आफ्नै भुँडी भर्छन् ।
नाइके र टाउकेले मुलुक नै लुटे
ज्यानमारा अपराधी लुटेपछि छुटे ॥

नीति लिए मोटाउने, आफैँ हुने धनी
युवा गए परदेश कमाउन भनी ।
देश बन्यो बृद्धाश्रम, गरिबमा पहिलो
नेता बने धुन्दुकारी, भ्रष्टाचारी थैलो ॥

हिजो थियो शान्तिक्षेत्र, आज कुरुक्षेत्र
तस्करको केन्द्र बन्यो राजनीति-क्षेत्र ।
करमाथि कर तिरी जनता छन् नाङ्गो
नेताहरू बोल्छन् सधैँ मर्मभेदी बाङ्गो ॥

खोरियाको घैयाधान कोरियामा जान्थ्यो
भारत र भुटानले बेसाएर खान्थ्यो ।
आज हामी विदेशको बेसाएर खान्छौँ
परजीवी नेतालाई गणतन्त्री ठान्छौँ ॥

विदेशीको इसारामा धर्मसर्म फाले
लाज पनि लजाउने कर्म गर्न थाले ।
कस्तो थियो संसारमा गोर्खालीको सान
टिठलाग्दो बनेको छ हाम्रो पहिचान ॥

०००

नागार्जुन न.पा.-१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मौकामा चौकाको चर्तिकला

मौकामा चौकाको चर्तिकला

डा. बमबहादुर जिताली
एनसेलको सेल

एनसेलको सेल

डा. बमबहादुर जिताली
बुढ्यौली सेलो

बुढ्यौली सेलो

डा. बमबहादुर जिताली
हिजो-आज

हिजो-आज

डा. बमबहादुर जिताली
चमत्कारी रोजगारीको रौनक

चमत्कारी रोजगारीको रौनक

डा. बमबहादुर जिताली
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख