साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बिक्छन् अरूका पिठो

कस्तो ज्ञान चुलिन्छ यो मुलुकमा शिक्षा कला ह्रास छन् ज्ञानी भाग्छ विदेश उच्च तहमा सामन्तका दास छन् धेरैका गुट छन् विशिष्ट पदमा लाएर बस्छन् भिटो मेरा चामल नै सडेर कुहिए बिक्छन् अरूका पिठो॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

विद्या बिक्दछ दाममा दिनदिनै सारा बिके पण्डित
एकै छैन विचार भिन्न मतमा हुन्छन् सबै खण्डित
पाएमा गुलियो लुकेर दुनियाँ चाटेर खान्छन् लिटो
मेरा चामल नै सडेर कुहिए बिक्छन् अरूका पिठो॥१

कस्तो ज्ञान चुलिन्छ यो मुलुकमा शिक्षा कला ह्रास छन्
ज्ञानी भाग्छ विदेश उच्च तहमा सामन्तका दास छन्
धेरैका गुट छन् विशिष्ट पदमा लाएर बस्छन् भिटो
मेरा चामल नै सडेर कुहिए बिक्छन् अरूका पिठो॥२

संस्था छन् सब नै विभाजित यहाँ कोरेर रेखा घरी
छन् क्षेत्रीय र राजनीतिक ठुला खेमा अनेकौँ थरी
बुझ्दैनन् सबले व्यथा मुलुकको फेदै लगाई छिटो
मेरा चामल नै सडेर कुहिए बिक्छन् अरूका पिठो॥३

आफ्नो जो हसिया छ तान्छ नरले पक्रेर आफैँतिर
विष्ठा गोबर के परेर भ्रममा चिन्दैन त्यो आखिर
आफ्नो मानिसले दिए जहर नै मान्छन् सबैले मिठो
मेरा चामल नै सडेर कुहिए बिक्छन् अरूका पिठो॥४

ढुङ्गाको मन हुन्छ बुद्धिसितको नाता टुटाए पछि
आँखामा पनि भोगटे प्रकृतिको चस्मा जुटाए पछि
छोड्छन् मानिसले ठुला तरुल नै देखी लताको गिठो
मेरा चामल नै सडेर कुहिए बिक्छन् अरूका पिठो॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x