साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चराउने नगर्नु है !!

Nepal Telecom ad

घरीघरी यता सदैव आउने नगर्नु है !
लुकेर छेउमा यता चियाउने नगर्नु है !!

कि भन्दिनु हुँदैन भो कि गर्दिनु फटाफट,
गरीब ब्यर्थमा सिधा झुलाउने नगर्नु है !!

म कृष्ण नै बनेर वस्त्र चोर्न पो पुगेँ भने,
यसैगरी तलाउमा नुहाउने नगर्नु है !!

फुलाउँला भनेर रोप्छु पारिजातको बुटा,
बगानमाथि कस्तुरी चराउने नगर्नु है !!

मणि बिहीन सर्प झैं म हुन्छु, पागलैसरी
म खोजुँला जतातता हराउने नगर्नु है !!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x