साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही ठोक्तक

Nepal Telecom ad

१.
तिमीले बोकेको फूलदानीमा बाहिर फूल भित्र छुरी रहेछ
तिमीले चुल्याएको भकारीमा बाहिर मानो भित्र मुरी रहेछ
के थाहा मलाई तिमी देखिन्छौ एकथोक र छौ अर्कै थोक
तिमीले देखाएको मौसममा बाहिर हावा र भित्र हुरी रहेछ ।

२.
मानिसहरू रङ फेरिरहन कति सिपालु हुन्छन्
रातभरि हाँडीघोप्टे अनि दिनभरि दयालु हुन्छन्
कसको मनमा के हुन्छ पत्ता लगाउनै कति गाह्रो
तुरून्तै विषालु अनि तुरून्तै कृपालु हुन्छन् ।

३.
घरी एउटा पार्टीमा घरी अर्को पार्टीमा आहा ! कस्तो गतिलो राजनीति
जीवनभरि एउटै पार्टीमा र एउटै सिद्धान्तमा कस्तो बिजोगको राजनीति
यो हामीजस्ता सोझासाझाको जमाना होइन रहेछ हजुर ! रङ फेरिरहनु पर्छ
हिजो खाली खुट्टा आज छेलोखेलो सम्पत्ति साह्रै गजबको राजनीति ।

४.
जसलाई हँसायो उसैले रूवाउँछ भन्ने कुरो के थाहा !
जसलाई पर्ख्यो उसैले छोडेर हिँड्छ भन्ने कुरो के थाहा !
साह्रै स्वार्थी रहेछ यो संसार सबै आ–आफ्ना स्वार्थमा डुबेका रहेछन्
जसलाई ज्यान दियो उसैले ज्यान लिन्छ भन्ने कुरो के थाहा ।

हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविताको रङ

कविताको रङ

आर.आर. चौलागाईं
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x