साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुप्प चर्तिकला

Nepal Telecom ad

चरीचुच्चे ‘च’ को टुप्पोबाट सुरु भएर शान्तिको प्रतीक परेवाको ‘प’ मा गएर विसर्जन भएको दुई वटा अक्षरले बनेको शब्द ‘चुप्प’ देख्दा सानो भए पनि यसको अर्थ भने कम्ती सानो छैन । यसको शाब्दिक अर्थ शान्त रहनु, नबोल्नु जस्तो क्षेत्रमा सीमित रहे पनि यसको लाक्षणिक अर्थ भने ज्यादै खतरनाक हुन्छ, एउटा सानो एटम बमले गर्ने भन्दा धेरै बढी खतरनाक र धेरै ठूला ठूला काम र कुराहरू गर्न सक्छ यसले भन्दा नपत्याउने दुस्साहस नगर्नुहोला ।

आफ्ना केटाकेटीलाई बाआमा भन्न सिकाउनु भन्दा पनि पहिले चुप्प खान सिकाउन मन लाग्छ एकातिर भने अर्कोतिर खतरा र नराम्रा कामको पोल खुल्न लागेको पत्तो हुनासाथ आँखा, हात र मुखको इसाराले तुरुन्त चुप्प रहने आदेश दिइहालिन्छ । संस्कृतमा मौन स्वीकृतिम् लक्षणम् भनेर चुप्प लाग्नु नै मान्नुको लक्षण हो भन्ने अर्थ बुझिए पनि आजभोलिको जमानामा भने चुप्प लाग्नुको अर्थ मान्नु मात्र नभएर नमान्नु, मौका मिल्यो भने हान्नु, ठोक्नु, टोक्नु, रोक्नु, धोक्नु … सबै समय, रुप, रङ्ग, बेला परिवेश अनुसार जे पनि हुनसक्छ भन्दा यति धेरै फरक नपर्ने कुराको जाहेरी हुन्छ । हुन पनि अचम्मको जादु भरिएको हुन्छ यस शब्दमा । शब्द एउटै भए तापनि समय र ठाउँ अनुसार यसको अर्थ, कार्य भनौँ वा अझ यसको कार्यभार त झन् खतरनाक हुन्छ ।

साना साना नानीहरूलाई हामीहरूले खाने चुप्प भनाँै वा उनीहरूले निश्छल मायाले हामीहरूलाई खाने गरेको चुप्पको मज्जा त, आनन्द त कहाँ पो देखाउन मिल्नु र ? यही चुप्प तिनै केटाकटीहरू बढेर यौवना हुन थालेपछाडि भने यसको शब्द र काममा पनि धेरै नै परिवर्तन हुन्छ । शब्दलाई चुप्प नभनेर किस भन्न थाल्छन् र लिने दिने निश्छलताको मायाभन्दा बेग्लै काममा प्रयोग गर्न थाल्छन् । आफू आफूलाई मन पर्ने, बाहिरी ब्यूटीफूल र ह्याण्डसमहरूलाई चुप्प खान थाल्छन् । सधँै एउटालाई खाए त ठिक नै हुन्थ्यो तर दिन दिनै चुप्प खाने व्यक्ति फेरिरहन्छन् । राम्रा–राम्रा मान्छेलाई कहिले चुप्प खान पाइन्छ भनेर कुदिरहन्छन् ।

देश, काल र परिस्थिति अनुसार चुप्पले पनि आफ्नो काम, कारवाहीहरूमा लचकता ल्याउने गर्दछ । आफ्ना केही चिज गुम्ने देखे भने मानिसहहरू खाइनखाई पनि हप्तौँसम्म कराउन सक्दछन् तर केही चिज त्यसै आयो भने आउने देखे भने त बाबै श्वास पनि दबाएर चुप्प रहन्छन् । त्यस्तै त पाइन्छ नि हाम्रा कार्यकर्ता र नेताको राजनीतिलाई हे¥यौँ भने पनि । कार्यकर्ताहरू विचरा यो फल्नो पार्टीको अनि ऊ फल्नो पार्टीको भनेर विवाद हुँदाहुँदा पानी र नूनसम्म बाराबार गर्दछन् एकातिर भने तिनै पार्टीका ठूला नेताहरू भने सबै मिलेर ग्वाम्म पार्ने बेलामा सबै मिल्छन् र चुप्प लाउँछन् । यति मात्र कहाँ हो र ? एउटाले काम नै नगरी झ्वाम्म पार्न लागेको बेलामा अर्कोले देख्यो भने त्यहाँ पनि चुप्प खेती सुरु हुन्छ, हातको इशाराबाट नै अनि एउटाको झ्वाम्म दुईवटा मिलेर ग्वाम्म पार्छन् । राम्रो त छ नि है चुप्पको चर्तिकला, चुप्पले काम चलुञ्जेल त्यसै नै गर्नुहोला यदि त्यसले पनि काम गर्न छोड्यो भने नडराउनुहोस् जे त होला ।

पहिला अरुलाई मख्ख पार्न वा अझ हाम्रो मुलुकको वर्तमान स्थितिमा कुरा गर्नुपर्दा जनताको भोट निकाल्नलाई कोही पनि चुप्प लाग्दैनन्, मिल्ने जति मिठा बात, भाषण छाँट्छन् । जब धेरै भोट पाएर सत्ता चड्काउँछन् अनि बल्ल सुरु हुन्छ कार्यान्वयनको सवालमा चुप्प खेती । एक आधुनिक समयको कुरा हो । एक जना आधुनिक पण्डित, आधुनिक मान्छेको घरमा श्राद्ध गराउन गएछन् । अनि श्राद्ध गर्ने व्याक्तिले पण्डितलाई के के सामान चाहिन्छ हजुर भन्यो । पण्डितले लिस्ट टिपाउँदै भन्न थाले एक बोतल विदेशी रक्सी, एउटा कालो खसी, एक सेट राम्रो सुटपिस कपडा, एउटा ल्यापटप, एक किलो मह, एक किलो घिउ, एउटा जापानीज साडी, एक बोरा बास्मती चामल आदि । आजभोलिको सजिलो सपिङ संसार, केही बेरमा नै उनले सबै सामानको चाङ बनाइदिइहाले । सामान लिस्टअनुसार भएपछि, आधुनिक पण्डित बाजे पनि मन फुकाएर श्राद्धको विधि गर्न थाले । यसैको केही बेरपछि पण्डितले राम्ररी चिनेका एक जना साथी टुप्लुक्क आइपुगे र भन्नथाले– ओ हो, पण्डितजी यतिका सामान के का लागि हो मात्र के भन्न भ्याएका थिए, पण्डितले मुख अँध्यारो बनाउँदै हातले मुख टालेर चुप्प बस्न अनुरोध गर्दै भने अहिले नो कराइङ, अनि हामी दुवै दुई चार रात मोजमस्तीमा हराइङ । यति भनेपछि ती आगन्तुक साथी त चुप्प लाएर बसे तर श्राद्ध गराउन बसेका आधुनिक व्यक्तिले पनि प्याच्च भनिहाले– ‘ओ अहिलेलाई नो डराइङ तर रातीको कार्यक्रममा मलाई पनि सामेल गराइङ ।

वास्तवमै रमाइलो हुन्छ बा चुप्पको चर्तिकला । नहोस् पनि कसरी । लाखौँ धनमानले नमिलाउने हिसाब मात्र चुप्पले मिलाइदिइहाल्छ । अस्ति भर्खरको कुरा हो– म साँझपख घुम्नका लागि नेपालबजारको एउटा पार्कभित्र छिरिहालेँ । घुम्दै केही पर पुगेको त आफ्नै एकजना नजिकैका काकाले मेरै कलेजकी साथीलाई चुप्प खाँदैरहेछन् । अप्ठ्यारो लागेर भाग्न खोज्दै थिएँ तर कसोकसो आँखा जुधिहाल्यो । अनि उनले अँध्यारो मुख लगाउँदै हातको इसाराले चुप्प बस्न भने । मैले पनि फराकिलो दिमाग बनाएर फर्कें, ठिकै छ के गरेका हुन् र चुप्प मात्रै खाएका त हुन् नि । चुप्पको शब्द चुहेपछि जस्तोसुकै काम कुराहरूलाई टाल्न र टार्न काम लागिहाल्छ ।

किताब जमाउनको लागि गमको आवश्यकता भएझै कामकुराहरू जमाउनको लागि चुप्प चाहिन्छ । हाम्रै आधुनिक नेपालको कुरा त हो नि । एउटा पार्टीको सरकार भएछ अनि दुःख पाउने असहायहरूले सहयोगको लागि अनुरोध गरेछन् तर विचरा ठूलामन्त्रीले भने यो भनेछन् कि हामी सरकारमा हुन्जेलसम्म चुप्प बस्नुहोस् अनि हामी पनि तपाइँहरूसँगै मिली आन्दोलन गर्नेछौँ । नभन्दै त्यसको केही दिनमा नै पुरानो सरकारको विघटन र नयाँ सरकारको उद्घाटन भएछ । अनि फेरि पुराना ठूलामन्त्रीसँग असहायहरूले सहयोगको लागि अनुरोध गरेछन् तर फेरि त्यही प्रकृया दोहोरिएछ । पछिका ठूला मन्त्रीले भनेछन्– हामी नयाँ नै छाँै, हाम्रो कार्यकाल निकै छोटो होलाजस्तो छ त्यसैले कृपया अहिलेलाई चुप्प बस्नुहोस् अनि हाम्रो सरकार विघटन भएपछि तपाइँहरूको समस्याको उद्घाटन गर्नेछौँ ।

साँच्चै नै हो गाँठे चुप्पले यस्तै यस्तै गरेर आफ्नो चर्तिकला फिजाइरहेको छ । तपाइँ हामी चाहेर वा नचाहेरै पनि यसको चर्तिकला हेर्न भने छाडेका छैनौँ कसो ?

वालिङ, स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
घण्टी बजेपछि !

घण्टी बजेपछि !

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x