सुलसुलेदोलखाली रत्न सम्मान प्रधानलाई
काठमाडौं । अषाढ ७, ज्ञानगुन साहित्य प्रतिष्ठान र ज्ञानगुन प्रकाशनको आयोजनामा भएको बरिष्ठ साहित्यकार तथा पत्रकार श्यामप्रसादको ८६ औं जन्मोत्सबको उपलक्ष्यमा शुभेच्छा ज्ञापन कार्यक्रम शनिबार राजधानीमा सम्पन्न भयो । उक्त शुभेच्छा ज्ञापन कार्यक्रममा डा.तीर्थबहादुर श्रेष्ठले साहित्यकार अमरकुमार प्रधानलाई दोलखालीरत्न सम्मान -२०७१ बाट सम्मानित गरिएको छ ।
त्यस्तै, कार्यक्रमका सभापति तेजेस्वर बाबु ग्वगंले साहित्यकार मुक्तिनाथ शर्मा नेउपानेलाई बालसाहित्यकार २०७१ बाट सम्मानित गरिएको छ ।
उक्त कार्यक्रममा सम्मानित साहित्यकार अमरकुमार प्रधानको साहित्यिक, समाजिक र जागिरे जीवनको पाटोको बारेमा डा.ध्रुब घिमिरेले बताउनुभएको थियो ।
उक्त कार्यक्रममा सम्मानित दोलखाली साहित्यकार प्रधानको बारेमा बिभिन्न लेखकहरुले लेख्नुभएका लेखहरुको संकलन अमरकुमार प्रधान अंक १, भाग १८४ को डा.तीर्थबहादुर श्रेष्ठले लोकार्पण गर्नुभएको थियो । उक्त पुस्तकमा १७ जना लेखकहरुले प्रधानसँग सम्बन्धित क्षण, योगदान, साहित्यिक पाटोको बारेमा लेखिएको लेखहरुको संकलन गरिएको छ ।
अर्को सम्मानित साहित्यकार नेउपानेको बारेमा बिभिन्न लेखकहरुले लेख्नुभएका लेखहरुको संकलन मुक्तिनाथ शर्मा नेउपाने अंक १, भाग १८३ को तेजेश्वर बाबु ग्वंगले लोकार्पण गर्नुभएको थियो । उक्त पुस्तकमा १४ जना लेखकहरुले नेउपानेसँग सम्बन्धित क्षण, साहित्यिक पाटोको बारेमा लेखिएको लेखहरुको संकलन गरिएको छ । ज्ञानगुनका कुरा नामक उक्त पुस्तकको सम्पादन शेषराज सिवाकोटीले गर्नुभएको छ ।
सम्मान ग्रहण गरिसक्नु भएपछि साहित्यकार अमरकुमार प्रधानले इन्यूजकभरसँग गरिएको कुराकानीको क्रममा आफूलाई यस सम्मानले सारै आनन्दित बनाउनुका साथै साहित्यिक योगदानको बिषयमा थप जिम्मेवारी महशुष भएको बताउनुभयो ।
डिसी नेपाल डटकमबाट
Subscribe
Login
0 Comments
Oldest












































