साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘साहित्य सन्ध्या’को लघु कथागोष्ठी

Nepal Telecom ad

साहित्य सन्ध्याको ३३९ औँ कार्यक्रम २०७१ असार ७ गते राजधानीमा ‘लघु कथागोष्ठी’का रूपमा सम्पन्न भयो । सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको अध्यक्षता र कोषाध्यक्ष गोपालकुमार मैनालीको सञ्चालनमा सम्पन्न भएको थियो । यस विशेष गोष्ठीमा अतिथिका रूपमा प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष मातृका पोखरेल, वरिष्ठ कवि कणाद महर्षि, हास्यव्यङ्ग्य स्रष्टा डम्बर घिमिरे उपस्थित हुनु हुन्थ्यो ।

नियमित रूपमा हरेक महिनाको पहिलो शनिवार आयोजित हुँदै आएको साहित्य सन्ध्यामा पय कविता वाचन हुने गरेको थियो । यस शृङ्खलामा २५ जना लघु कथाकारलाई अगाडि नै लघु कथा सहित उपस्थित हुन अनुरोध गरिए अनुसार गणेश घिमिरे ‘मार्मिक’, जयन्ती स्पन्दन, डम्बर घिमिरे, कणाद महर्षि, कलाधर काफ्ले, रमेश गौतम ‘पाल्पाली’, रश्मि रिमाल, नवराज श्रेष्ठ, शीतल गिरी, गोपाल नेपाल, वेदमणि घिमिरे, प्रशान्त खरेल, देवकी के.सी., पुण्य गौतम ‘विश्वास’, उर्मिला पन्त पाण्डेय, विद्या सापकोटा र गोपालकुमार मैनालीले आआफ्ना लघुकथा वाचन गर्नु भएको थियो ।

असार महिना भएकाले कार्यक्रमको प्रारम्भ भने श्यामबहादुर भावुकको असारे गीतबाट गरिएको थियो । गोष्ठीका अध्यक्ष रमेश पोखरेलले निमन्त्रणालाई स्वीकार गरी उपस्थित भइ दिनु हुने सबैलाई हार्दिक धन्यवाद दिनु भयो ।

सन्ध्यामा यस पटक लघु कथा वाचन गरिएको र सत्र ओटा लघु कथा तथा एउटा सन्दर्भ कविता वाचन गरिएको यस गोष्ठीका प्रायः सबै रचना कुनै न कुनै रूपमा समाजका विकृति, विसङ्गति उजागर गर्ने, तिनमाथि प्रहार गर्ने र रूपान्तरणको आग्रह गर्ने खालका रहेका थिए ।

सिर्जनाका माध्यमबाट सामाजिक रूपान्तरणको आग्रह गर्ने प्रयोजनकै लागि साहित्य सन्ध्याको तिन दशक लामो अभियान अविच्छिन्न रूपमा चलि रहेको धारणा राख्दै सन्ध्यामा नयाँ तथा पुराना स्रष्टालाई भेला गरी सिर्जना वाचन गरिने, कुनै खास विषयमा चर्चा परिचर्चा गरिने, पुरानाबाट नयाँले सिक्ने वातावरण तयार गरिने भएकाले यो उद्देश्य परिपूर्तिका लागि गोष्ठी पनि एउटा महत्त्वपूर्ण पाइला हुने छ भन्ने विश्वास व्यक्त गर्दै पोखरेलले गोष्ठीको समापन गर्नु भएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x