साइबर अपराध सम्बन्धी सचेतना सामग्री

इन्टरनेटको दुरूपयोग

Nepal Telecom ad

गनोज मजुरेल जोक

इमेल र इन्टरनेटले मानिसलाई जति मोर्डन युगमा प्रवेश गराएको छ, त्यति नै यसका दुरुपयोगहरू बढ्दै गएका छन् ।

एकपटक यस्तो भयो कि एकजना मित्र घर छोडेर दुबई पुगे । त्यहाँ पुगेर छुट्टीको दिन आफ्नी श्रीमतीलाई इमेल पठाउने सोचे र साइबर क्याफेमा पसे अनि टाइप गरे । इमेल एड्रेस जो कागजमा लेखेको थियो, हराएछ । उनले सम्झिएको श्रीमतीको एड्रेसमा मेल सेन्ड गरे– गीता एट डामाडोल डटकम । तर एउटा लेटर ‘जी’ को ठाउँमा ‘एफ’ टाईप भएर फिता एट डामाडोल डटकममा इमेल पुग्यो ।

फिता एट डामाडोल डटकम ठेगाना यस्ती महिलाको परेछ, जसको श्रीमान एकहप्ता अगाडि मात्र देहान्त भएका थिए । गीतालाई पठाएको इमेल फिताकोमा पुग्यो । फिताले मेल बक्स खोलिन्, स्क्रिनमा नजर के लगाएकी थिइन, मेल देखेर बेहोस ।

भरखर छोरोको मृत्यृले शोक शन्तप्त परिवार आए । मेलबक्स खोलेर बुहारी भुईंमा लडिरहेकी छे । सबैजनाको नजर इमेलमा पुग्यो । इमेलमा लेखिएको थियो ः

‘प्रिय जिवन संगिनी,
म हिँड्ने बेलामा रुँदै थियौ, के गर्ने, बाध्यताको कुरो हो । म यहाँ आराम साथ आइपुगेँ । ज्यादै राम्रो ठाउँ रहेछ । आउँदो छुट्टीमा तिमीलाई पनि यतै लिन आउनेछु ।’

अन्तिम लाईन पढ्नासाथ बाबा आमा पनि बेहोस् ।

‘सम्भव भएछ भने, बृबा आमालाई अर्को महिना लिन आउँछु ।’
त्यसपछि सबैजना बेहोस् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
नाक

नाक

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x