साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वर्गमा कविहरूको गनगन

Nepal Telecom ad

(केही हास्य कविताका टुक्राहरू)

विष्णु नवीन–

प्रकृति पनि कति पापी
सुन दियो, नुन दियो
घाम दियो जुन दियो
खानी दियो पानी दियो
हाम्रा आमाबाबुलाई नानी दियो
धेरैलाई धेरै थोक दिएर पनि
गरिबलाई अघाउँजी किन माड दिएन
म जस्ता जँड्याहालाई
छाद्ने गरी किन जाँड दिएन ?

हरिभक्त कटुवाल–

दुईटा घ्याम्पो असमबाट
साथै ल्याए जस्तो लाग्छ
ल्याउँदा ल्याउँदै बाटै बीचमा
घैँटो चोरे जस्तो लाग्छ ।
स्वर्ग भन्छौ साथीहरू
यो ता नर्कै जस्तो लाग्छ
घाँटी सुकाइ बस्नु भन्दा
उतै फिरौँ जस्तो लाग्छ ।

भूपि सेरचन–

पाइँदैन जाँड स्वर्गमा साथी लिएर नआए
बन्दैन स्वर्ग दुई चार घ्याम्पा लिएर नआए ।
जँड्याहा कोही आउँदै पो छ कि आत्तिनु पर्दैन
भुषण बल आएछन् हेर डराउनु पर्दैन ।

लेखनाथ–

नेपालीमा हरिभगतको गीत सारै गरुङ्गो
दुर्गाजीकै समीप बसने भावना थ्यो गरुङ्गो
जैले फुट्ला हरिभगतको जाँडको भाल पुङ्गो
तैले मात्रै हरिभगतको तिर्सना लाग्छ टुङगो ।

बालकृष्ण सम–

ऊ खाओस् उही लाओस् सुख सयल वा मोज ऊ गरोस्
ऊ बाँचोस् उही नाचोस् अरु सब मरुन् मोज नगरी
भनी दारा धस्ने अबूझ शठदेखी छक परी
निकै घ्याम्पा धोकी हरभगत नाच्यो मरी मरी ।

भवानी घिमिरे–

स्वर्ग छ चित्रगुप्त छ
यमराज छ, इन्द्र छ
इन्द्रको मात्र के कुरा भो र मित्रहरू
इन्द्रेको बाबु चन्द्रे पनि यहीं छ
उहाँ भन्दा यहाँ सबै थोक फालाफाल छ
तर साथीहरू हो, जाँडको अनिकाल छ
जाँड नभए पनि अप्सराहरूको मालामाल छ
यहाँ सबै अपरम्पार छ
साथीसाथी यान्ड कम्पनी लिमिटेडको व्यापार छ ।

लक्ष्मीप्रसाद देवकोटा–

जँड्याहा हो लौ सुखको म झैं धनी
मिल्दैन यो स्वर्ग भरि कतै पनि
त्यो जाँडको लालस दास छैन म
म ता सधैं तान्छु चुरोटको धुवाँ ।

बाहुन चरी हुँ म त जाँड छुन्न
यो स्वर्गमा आइ बिटुलो म हुन्न
डढे डढून् हात चुरोट तान्छु
जँड्याहाको सङ्गत छोडी जान्छु ।

चन्द्रगढी, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
हरि ॐ सत्ता सह नौ भुनक्तु

हरि ॐ सत्ता सह...

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x