साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थुक्क आची !!

Nepal Telecom ad

राजधानीको माटो मलिलो पार्न
देशको माटो बलियो पार्न
गाउँ गाउँबाट आचीहरू
सहर झिकाइयो
गोबरगणेश आचीहरूलाई
कुचोले बढारेर मिल्काइयो
यसपाली त जसरी पनि
नेपाली धान
फलाउनु पर्छ भनी सिकाइयो
थुक्क आचीहरू
विकासे मलमा फलेको
विकासे धान खाएका परेछन् कि
दिन प्रतिदिन ठसक्क गनाउँछन्
केले जनाए जस्तो जात जनाउँछन्
खै कसरी अब
यी आचीहरू नयाँ धान बनाउँछन्
यतिबेलासम्म त धान
हलक्क बढिसकेको हुनुपथ्र्यो
फुल्नलाई गाभिन चढेको हुनुपथ्र्यो
कम्पोस्ट मल भनेको त
फेरि रासानिक आची परेछ
त्यसैले
नयाँ धानको त पातै झरेछ
अब त
हुन लागेको धान पनि मर्ला भन्ने डर छ
थोरथार फलेको पनि झर्ला भन्ने डर छ
जहानिया छाप आची फाली
घरानिया छाप आची ल्याइयो
लेनिन छाप, माओ छापमा पनि
नक्कली छाप आची पाइयो
पञ्चतन्त्रमा लुकि लुकि आची गरियो
प्रजातन्त्रमा थोरै खुला आची गरियो
लोकतन्त्र लागेपछि त
खुल्लमखुल्ला आची गरियो
थुइक्क आचीहरू
कति आची हेरियो हेरियो
लोकतन्त्रमा मात्र पनि
कति आची फेरियो ।

कोही पखाला लागेर
नदी झैं बग्न खोजेका जस्तो
कोही आची थुप्रिएर
गोबरको पहाड जस्तो
थुइक्क आचीहरू
यसपाली पनि कस्तो हो कस्तो ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x