साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यमराजको दिशा

Nepal Telecom ad

मेरो आमाको इश्वरसंग कुराकानी भयोकी भएन
भन्न मुश्किल छ
र म भन्न पनि सक्तिन
तर आमा ढुक्कले भन्नु हुन्थ्यो
लाग्थ्यो मेरो आमाको दिनहुँ इश्वरसंग कुराकानी हुन्थ्यो
र उहाँले इश्वरबाट पाएको सल्लाह अनुसार
जिंदगी जिउने र दुःख सामना गर्ने एउटा बाटो छ

आमाले एक पल्ट मसंग भन्नु भएको थियो
बाबु! दक्षिण तर्फ़ खुट्टा राखेर नसुत्नु
त्यो मृत्यु दिशा हो
यमराज क्रुद्ध हुन्छन
बुद्धिमानी त्यहि हो उत्तर सिरानी-दक्षिण खुट्टा राखेर नसुत्नु

त्यति बेला म बालक थिएँ
बाल जिज्ञाशा राखे, यमराजको घर कहाँ छ आमा ?
आमाले भन्नु भयो
तिमि जहाँ छौ बाबु त्यहाँ देखि दक्षिण बस्छन यमराज

आमाले सम्झाए पछि
दक्षिण दिशा खुट्टा राखेर म कहिल्यै सुतिन
र त्यस पछि मलाई यतीचै फाइदा भयोकी
हमेशा उत्तर-दक्षिण पहिल्याउने भए
त्यस पछि मेरो जिन्दगीमा अफ्ट्यारो दिन पनि आएन

म उत्तर-दक्षिण दिशाको देश-देशान्तर गए
त्यतिबेला मलाइ हमेशा आमाको याद आइ रहन्थ्यो
सिंगो उत्तर-दक्षिणको किनारा पहिल्याउन धौ थियो
त्यस कारण होला यमराजको घरचै भेटिन

तर आज भोलि जुन दिशामा खुट्टा राखेर सुते पनि
उत्तर-दक्षिण जस्तो हुन्छ
चारै दिशामा यमराजको आलीशान महल छ
सबै दिशामा एउटा मात्र आकृति छ
र त्यो आकृतिको भयानक र रौद्र आँखाले मलाई निहाली रहेको छ

अचेल आमा हुनुहुन्न
र यमराजको दिशा पनि फेरिएको छ
जुन दिशा आमाले मात्र जान्नु हुन्थ्यो ।

नुवाकोट, हाल : अल्हाम्ब्रा, क्यालिफोर्निया

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x