साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कहाँ ल्याउने कुन तन्त्र ?

Nepal Telecom ad

२४० वर्षे पुरानो निरङ्कुश राजतन्त्र ढालियो भनेर धाक लगाउँदा
१०४ वर्षको राणाशासन घटाउने हो कि जोड्ने हो ?
०७ सालदेखि ०१७ सालसम्म त प्रजातन्त्र नै थियो
०३६ देखि ०४६ साल कसलाई कति भाग लगाउने हो ?
०४६ देखि ०६२ त सबैले गुणन गरौंला,
०६२ देखि आजसम्मको हिसाब कसरी मिलाउने हो ?

०७ सालमा राणा ढालियो, ०१७ मा ढालियो प्रजातन्त्र
०४६ मा पञ्च ढालियो, ०६३ मा ढालियो २४० वर्षे राजतन्त्र
के रह्यो त बाँकी पुरानो अब ढाल्न ?
मल्लकाल ढाल्न लाग्ने हो ?
कि लिच्छवी कालनै ढालेको धाक लगाउन थाल्ने हो ?

हामी त बहादुर जात, जे भेटिन्छ ढाल्नु पर्छ भन्ने थाहा छ
ढाल्नेले नै फेरि बनाउनु पनि पर्छ भन्ने कहाँ छ ?
तर अझै ढाल्न बाँकि छ यो २४० वर्षे देश स्वतन्त्र
केहि नपाए अब यहि ढालौं, अनि कहाँ ल्याउने कुन तन्त्र ?

जहाँसुकै ल्याउँ जुन तन्त्र, फरक के पर्छ हामीलाई ?
हामी बाहेक नेता को छ ? नमानी सुख हामीलाई ?
पार्टी हाम्रो बलियो छ, जे पनि ढाल्न सक्ने छ
गए देशकै अस्तित्व जानेन हो, हाम्रो मस्ती त रही राख्छ ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x