धनराज गिरीघर
“अब त हामी पनि तला थपौं” पियारीको प्रस्ताब ।
“सर, हजुरको घर पनि यति फुच्चे !” नयाँ आगन्तुक ।
“सरले पैसा कहाँ राख्नुहुन्छ ? वरिपरि यत्रा घर बनिसके तला थप्नु पर्दैन र !” विद्यार्थी ।
हरेकले निशुल्क सुझाव दिए र म सोच्दछु “घर कुन हो ?” यो शरीर कि यो सिमेन्ट र रड अनि बालुवाको कलात्मक मिश्रण ? “कलेजो, मुटु, मिर्गौला, मगज, पाचन प्रणाली, फोक्सो” अर्थात् मेरो शरीरको महत्वपूर्ण अङ्गहरूनै मेरो वास्तविक घर होइन र ?
“अझ मनको शान्ति !” पियारीलाई खुसुक्क भनें , “सीते, ऊ त्यो ५ तले घरमा कहिल्यै शान्ति छ ? कारवाला र ३ तले घरकी श्रीमती अस्ति भर्खर पोइल गएकी होइनन् ? हामी यही एक तला मुनि सुखी र खुशी छैनौं र ? पियारी, यो शरीर ठिक राख्न सके हाम्रो घर सय तले हुन्छ ।” उनी पुलु पुलु मेरो मुखमा हेरिरहिन् र म “घर” ठिक राख्न पानी प्यून थालें ।
चितवन
Subscribe
Login
0 Comments
Oldest







































