साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जङ्गे पिलर सारिएको छ

Nepal Telecom ad

मान्छेहरू कति असंवेदनशील भएका होलान् यो कुरामा
बच्चा जन्माउने आमा पनि खोजिरहेछन् भाडामा ।

पराइसँग जोगिएकै हो बरु मलाई आफ्नै मान्छेले
पानी झिक्न लगाएर धकेलिदिएथ्यो गहिरो कुवामा ।

उसले हरदम आफ्नो जयजयकार गर्न लगाउँछ
जङ्गली सुगाहरू पालेर सुनको सुन्दर त्यो पिंजडामा ।

खुशीले हो कि आशङ्काले हो मैले यो कुरा बुझ्न सकेको छैन
मान्छेहरू बाबुको अनुहार खोज्छन् हरेक नवजात बच्चामा ।

त्यो बालापन ती साथीसँगी आज कहाँ कहाँ पुगे होलान्
टालाटुली सँगै आपसमा बिहे गरी खुब खेलिन्थ्यो सानामा ।

भनिन्छ मनभित्र नसकिने कुरा पढ्न सकिन्छ मुहारमा
अझ मुहारमा नसकिने कुरा पढ्न सकिन्छ आँखामा ।

मलाई मन्दिरमा ईश्वर छ भन्ने त लाग्दै लाग्दैन
बरु कतै छ भने मान्न तयार छु आफ्नै बा आमामा ।

यो खबर सुनेर पनि किन मौन बसेको छ सरकार
जङ्गे पिलर सारिएको छ सिमाना मिचिएको छ दश गजामा ।

कास्की, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x