साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कवितावाचनमा कवि प्रोल्लास

Nepal Telecom ad

चितवन, साउन १७/काव्य यात्रामा दुई दशक पार गरिसकेका सिन्धुलिका कवि प्रोल्लास सिन्धुलियले चितवनका साहित्यकारका विचमा कवितावाचन गर्नुभएको छ ।

हाम्रो मझेरी साहित्य प्रतिस्ष्ठानले गरेको कार्यक्रममा कवि प्रोल्लासले कतै विद्रोहका झिल्का त कतै , प्रखर व्यंग्यचेतको सहारामा कविता वाचन गर्नुभएको थियो ।

विभिन्न २२ वटा कविता वाचन गर्नुभएका कविका कविता नया प्रभाव छाड्न र नौलो चमक उत्पन्न गर्न सक्षम भएको चितवनका साहित्यकारको टिप्पणी छ । कवितामा माटोको गन्ध, प्रेम लेखिबस्ने कवि कवितासंग्रह झन्डालाई डिभी र्पयो भने के हुन्छ ? बाट चर्चामा आउनुभएको हो ।उहाका कविता संग्रहरुमा‘बाहिर एकमुठी तुसारो छ’, ‘शब्दहरूको नेपथ्य,’ ‘चुपचापको अन्त्य कविता संग्रह प्रकासित भैसकेका छन् ।

आँखाभरि भुइकुहिरो गलजसंग्रह लगायत केही बालकथाकृति र गीतसंग्रह समेत उहाले नेपाली साहित्यमा ल्याउनुभएको छ । उहाले आत्मगौरवका लागि लेखिएको कविता समाजलाई पनि काम लागोस भन्न सोचले लेखिने बताउनुभयो । सबभन्दा धेरै पढिने, लेखिने र सबैभन्दा धेरै मान्छेले श्रम लगाइ आएको विधा कविता मान्ने गरीन्छ ।

कवितावाचन कार्यक्रममा साहित्यकार प्रभाकर पण्डीत,निमेष निखिल, पुष्प अधिकारी अञ्जलि, भुपिन व्याकुल,बाबु त्रिपाठि, प्रसिद्धा शर्माले सहयोग गर्नुभएको थियो ।

-विप्लव काफ्ले

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x