साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको साधारण सभा र आख्यान गोष्ठी

Nepal Telecom ad

सुरभि साहित्य प्रतिष्ठानको छैठौँ वार्षिक साधारण सभा २०७१ साल श्रावण १७ गते शनिबार सम्पन्न भयो । साधारण सभाले पहिले ९ जनाको नयाँ कार्यसमिति गठन गरेको छ । नव निर्वाचित कार्य समितिमा अध्यक्ष– बाजुराम पौडेल, उपाध्यक्ष– परशुराम पराजुली, सचिव– अच्युत घिमिरे, कोषाध्यक्ष– रामकुमार पण्डित क्षेत्री, सह–सचिव– सुशीला खड्का ‘हसिना’ सदस्यहरूमा मेनका पोखरेल आचार्य, बालमुकुन्द कार्की र प्रह्लाद चालिसे रहनुभएको छ । एक जना मनोनित हुन बाँकी रहेको कुरा अध्यक्ष बाजुराम पौडेलले जानकारी गराउनुभयो ।

स्थानीय समाजसेवी माधव खनालको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रमा विजय चालिसे, कणाद महर्षि, गोविन्द वेदमणि, युवराज मैनाली, गङ्गा पौडेल आदि अतिथिहरू रहनुभएको थियो ।

सुरभीको साधारण सभापछि नियमित कथा वाचनको कार्यक्रम सम्पन्न गरियो । नवनियुक्त अध्यक्ष बाजुराम पौडेलको सभापतित्वमा सञ्चालित यस कार्यक्रममा प्रमुख अतिथि रविचरण श्रेष्ठ हुनुहुन्थ्यो भने अतिथिहरूमा कणाद महर्षि, माधव खनाल, युवराज मैनाली, श्रीहरि फुयाँल, गोपाल बराल, रामबहादुर पहाडी, राजन न्यौपाने, गङ्गा पौडेल, ललिता दोषी आदि हुनुहुन्थ्यो ।

१३ जना कथाकार र १ जना नियात्राकारले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । बाल कथाकार सुशान्त कार्की, नवराज राउत, रञ्जना पराजुली, ललिता दोषी, युवराज मैनाली, रामचन्द्र दाहाल, गङ्गा पौडेल, राजन न्यौपाने, शालिग्राम अधिकारी, श्रीहरि फुयाँल, रामचन्द्र खतिवडा र कणाद महर्षि र नियात्राकारमा रुकु ढकालले आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

प्रतिष्ठानका नव निर्वाचित उपाध्यक्ष परशुराम पराजुलीले वाचित कथाहरुको समीक्षा गर्नु भएको यस ४८ औँ आख्यान वाचन कार्यक्रमको सञ्चालन भने खगिन्द्र खुसीले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x