साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुनकोशीे, नरेन्द्र मोदी र…

Nepal Telecom ad

हाम्रा अन्यन्य मित्र श्री नरेन्द्र मोदी नेपाल आउने हल्ला उनको शपथ ग्रहणसँगै चल्याथ्यो । सपथग्रहण समारोहमा हाम्रा बृद्ध बालाई देखेर कता कता उनलाई नेपाल र नेपालीप्रति अगाध माया जागेर आएको थ्यो रे । त्यै बेला हाम्रा बृद्ध उनका समकक्षीले निम्ता पनि दिएका थिएछन् । निम्तापत्र पाउना साथ के खोज्छस् कानो आँखो भनेझैं भएछ, तुरुन्त निम्ता स्वीकारेछन् । अनि उनी आउँदा ठूलो कुनै उपहार लिएर आउने उद्घोष पनि गरेछन् । उबेलैदेखि नेपालले अब के उपहार लिने भन्ने सोच्न थालेको आउने बेला हुन्जेल कुनै उपहार लिने टुङ्गो हामी सक्षम नेपालीले लगाउन सक्या हैन सिवाय सुरक्षाको इन्तजाम बाहेक । सुरक्षामा त हामी नेपाली छिमेकीहरूसँग परिचित नै थियौं । उहिल्यैदेखि तिनका सुरक्षा गरेकै हौं ।

मोदीसँग के उपहार लिने त भन्ने सोच्दा यसो बिचार ग¥यो घुमिफिरी जलश्रोत नै आँखाभरी आउँछ तर योजना परियोजना ठम्याउन सकिएको हैन । जस्तोतस्तो उपहार लिनु पनि त भएन लिएपछि ढुक्कले एकलौटी उपभोग गर्न पाउने उपहार लिनुप¥यो । जलश्रोतका योजना परियोजना सबै तराई छेउछाउ नै बनाउने र आफूले नै बढी उपयोग गर्ने दाउमा मित्र होलान् भन्ने पनि लाग्यो । मास्तिर कतै योजना फेला प¥या हैन । मोदी आउने बेला हुन लागिसक्यो उपहार लिने के भन्ने टुङ्गो नलाग्दा हाम्रो एकमात्र विश्वको दोश्रो धनी जलश्रोत आफै जुर्मुराएर मोदी आउने अघिल्लो दिन मात्र ड्याम्म ड्याम बाँधेर जलासय तयार गरिहालिन् सुनकोशीमा । सुनकोशीले अवसर प्रदान ग¥या हो कि चुनौती द्या हो त्यो चाहिँ थाहा पाउन सुनकोशी नै बोल्नु पर्छ हामीलाई थाहा हुने कुरा भएन । हामी नेपाली र हाम्रा नेपाली सेना चाहिँ बनेको बाँधलाई बम हान्दै खोल्दै गर्नपो लाग्यौं खै बुद्धि ?

सुनकोशीले कोशी बृज र त्यसको जीर्ण संरचनालाई चुनौती दिएर मोदीको ध्यानाकर्षण ग¥या नि हुनसक्छ । हेर मोदी हामी नदिनालाहरू यस प्रकार चुनौती खडा गर्न सक्छौं तिम्रा जीर्ण संरचनाहरूको तुरुन्तै जीर्णोद्धार गर नत्र… पनि भन्या हुनसक्दछ जे होस् नरेन्द्र मोदी आउँदा राम्रै अवसर लिनु पर्छ भन्ने तर योजनाको छनौट गर्न नसक्ने हामी नेपालीलाई प्रकृति स्वयम्ले दिशा निर्देश गरिदिएकी पनि त हुनसक्छ हैन ? अवसर पाउने भएपछि हामी नेपाली फेरी मर्न पनि तयार हुने के गर्नु, गोरखा फुजेलका अधिकारी दम्पती टन्न सरकारी स्याहार सुसार पाउनाले बर्षौ अनसन बसीदिने । नेपाली ढुकुटीलाई सुकुटी पार्न पाएपछि महिनौ बिदेश बसेर उपचार गर्नुपर्ने । हात सुन्नियोस् कि अरु केही सुन्नियोस् जहाज चढिहाल्ने, आखिर अवसर नै त हो । बिचरा सिन्धुपाल्चोक सुकुटेबासीहरूको जीउज्यान कति नोक्सान भयो पत्तो लगाउनु भन्दा हामीलाई हातमा उसैको झण्डा लिएर उसैलाई हल्लाउँदै नरेन्द्र भाइ जिन्दावाद गर्न भ्याईनभ्याई छ ।

जे भयो सो भैगयो बर्षौं लगाएर ड्याम बनाउनु पथ्र्यो एकछिनमा नै तयार भएको थ्यो त्यो चाहिँ पो बम हानी हानी नभत्काउनु पर्ने । बरु पहिरोले छेकेर ड्याम बनेसँगै तुरुन्त आरसिसि ड्याम बनाउन सुरु गरिहाल्नु पर्ने घच्चिको सरोवर तयार भएको थियो । भोटेकोशी, सानीमा र अर्को के भन्या जलविद्युत आयोजना भन्दा सयौं गुणा धेरै क्षमताको बिद्युत आयोजना बन्न सक्थ्यो कि ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x