साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फित्कौलीको गाईजात्रा अङ्क प्रकाशित

Nepal Telecom ad

नेपालबाट विगत ८ वर्षदेखि प्रकाशित हुँदै आएको एक मात्र हास्यव्यङ्ग्य पत्रिका फित्कौलीको ४० औँ अङ्क गाईजात्रा– २०७१ विशेषाङ्का रूपमा हालै प्रकाशित भएको छ ।

शिष्ट हास्यव्यङ्ग्यको विशिष्ट पत्रिका फित्कौलीको यस अङ्कमा ‘यसपालिका गाईजात्रे दनक’ अन्तर्गत रामकुमार पाँडेको ‘कविताको कमाल’, मुक्तिबन्धुको ‘भयङ्कर पिरलो’, चूडामणि खनालको ‘को अछुत ?’ शेषराज भट्टराईको ‘पोहर मरिन सासू अहिले आए आँसु’, धनराज गिरीको ‘अजब गजबको घनचक्कर वार्ता’, रमेश गौतम ‘पाल्पाली’को ‘खा.पा. संस्थानलाई धन्यवाद’, डा.कपिल लामिछाने– ‘डिजिटल कट्टु’,माणिकरत्न शाक्यको ‘नक्कली सालो’, मुक्तिनाथ शर्माको ‘घुस खान नपाएका मन्त्री जस्तै’ आदि समसामयिक हास्यव्यङ्ग्यका गद्य सिर्जना प्रकाशित छन् ।

त्यसैगरी फित्कौली यस अङ्कमा ‘गाईजात्रे बाङ्गा कविता÷ठोक्तक’ अन्तर्गत नारद गौतमको ‘भुस्तिघ्रे मन्त्री बनेछ’, चट्याङ मास्टरको ‘यिनै हुन्’, प्रेम ओलीको ‘जय गुण्डाय नमः’, डा.गोविन्द कोइरालाको वादहरूको पहरो चढ्दै’, हरि खनालको ‘झिल्के दाइको धन्दा’, ‘लक्ष्मण गाम्नागेको ‘पप्पी सेम’तपेन्द्र घोडासैनीको ‘पुरूषार्थ नछाँट है’, शैलेन्द्र सिंखडाको ‘झगडा नगरे के हुन्छ ?’, इन्द्रप्रसाद रेग्मीको ‘सांसद मन्त्रीको जुहारी’, बद्री दाहाल ‘भष्मासुर’को ‘मात्र गर्छौ ठट्टा’ जस्ता शक्तिशाली हास्यव्यङ्ग्य कविता प्रकाशित भएका छन् ।

‘गाईजात्रे गजल/प्यारोडी/ठट्यौली’ अन्तर्गत रबिन शर्मा चापागाइँको ‘खाट बनाऊ भन्छे बुढी’, विनय कसजूको ‘बुढीको नाम सूचना’, विमलराज ढकालको ‘गोद्नु गोदे बाले’, ‘लालकाजी श्रेष्ठको ‘कुनै गल्ति छैन’, आनन्द श्रेष्ठको ‘देशै अन्त सार्ला भन्ने डर’, रामहरि अधिकारीको ‘भ्रष्टाचारीसँग लडन्या हो भने’, ईन्द्रकमार श्रेष्ठको ‘के भएर निस्के’, मनोज गजुरेलको ‘लभलेटर’,तुलसी नारायण श्रेष्ठको ‘तलब बढ्यो’ र मिन बहादुर बस्नेतको ‘भोजे र मालिक’ आदि रोचक रचना यस अङ्कमा समेटिएका छन् ।

थप स्तम्भमा विष्णु प्रभातको समीक्ष्यौली ‘कोकशास्त्रको विकल्प जोकशास्त्र’, काशीनाथ मिश्रितको उखानको बखानमा ‘खौलामा परेपछि डिँगो पनि चेत्छ’ समावेश गरिएको छ । वासु क्षितिज, दुर्गा बराल (बात्सायन), राजमान, रविन सायमीआदि काटुनिस्टहरूका वर्तमान नेपालको समसामयि बस्तुस्थितिमाथि हँसीमजाक गरिएका कार्टनहरूले यो अङ्क सिँगारिएको छ । यसका सम्पादक एवम् प्रकाशक सञ्चारकर्मी तथा हास्यव्यङ्कार नरनाथ लुइँटेल हुन् ।

गाईजात्राकै दिन फित्कौली डटकम वेवसाइटमा अपलोड गरिएको यस अङ्कलाई साइटको पहिलो पृष्ठमा देखिने यसको आवरण पृष्ठमा सोझै क्लिक गरी पढ्न सकिने छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x