साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टन्न अघाएका तिमी

Nepal Telecom ad

टन्न अघाएका तिमी भोकको चिन्ता किन हुन्थ्यो ?
हृष्टपुष्ट भएपछि रोगको चिन्ता किन हुन्थ्यो ?

दायाँ बायाँ दुनियाँ नै इशारामा चल्छ भने
नुनकै निम्ति विशेष तोकको चिन्ता किन हुन्थ्यो ?

दायाँ हातको खेल तिम्रो मार्ने ढाल्ने भएपछि
आँखैसामु बाबु ढल्दा शोकको चिन्ता किन हुन्थ्यो ?

तिम्रै चल्छ जमिन्दारी तिम्रै अख्तियारी यहाँ
तिमीलाई गौँडागल्छी चोकको चिन्ता किन हुन्थ्यो ?

भ्रमै होला पैसा भए मान्छे अमर अजर हुन्छ
त्यसैले त तिम्लाई परलोकको चिन्ता किन हुन्थ्यो ?

चौमाला–५, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x