साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अतृप्त पाण्डेयका कविता वाचन

Nepal Telecom ad

एक जना कविले आफ्नो कविता वाचन गरे लगत्तै सो कवितालाई तत्कालै अर्को कविले पुनर्वाचन गर्दा कविताको सम्प्रेषणले कुन तह प्राप्त गर्न सक्छ भन्ने आधारको अन्वेषण गर्न स्रष्टा समाज काठमाडौँले आरम्भ गरेको छ ।

यस क्रमको थालनी २०२४ सालदेखि निरन्तर आफ्नै बान्कीमा कविता लेखिरहेका कवि अतृप्त पाण्डेयका पाँच कविताहरू वाचन र पुनर्वाचन गरियो ।

प्रा.डा. जीवेन्द्रदेव गिरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कवि अतृप्त पाण्डेयका पाँच कविता र सो पाँच कवितामाथि आफ्ना वाचन कला प्रस्तुत गर्नु हुने अन्य कविहरू पूर्णविराम, प्रमोद स्नेही, नारायण भण्डारी ‘जनकपुरी’, गोपाल नेपाल र एस.पी. चौलागाईंहरूको वाचन शैली र त्यसमाथि समालोचक भगवानचन्द्र ज्ञवालीले आफ्नो समालोचकीय धारणा राख्नुभएको थियो ।

सोही समारोहमा केही महिना अगाडि अनिल वार्वेंद्वारा लिखित उपन्यास थ्याङ्क्यू मिस्टर ग्लाडलाई नेपाली परिवेशमा सजाएर उक्त उपन्यासलाई नाटकको रूप दिएका निर्देशक विजय विस्फोट र सो नाटकमा आफ्ना जीवन्त अभिनय प्रस्तुत गर्नु हुने सम्पूर्ण रङ्गकर्मीहरूलाई सभापतिद्वा खादा ओढाएर सम्मानित गरिएको थियो ।

डा. डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालय लाजिम्पाटको सभाकक्षमा सम्पन्न उक्त कार्यक्रमको उद्घोषण कार्य युवा कवि कृष्णदेव रिमालले गर्नु भएको थियो । उक्त कार्यक्रममा दशगजा नेपाली सिनेमाका सङ्गीतकारका मणि थापाको समेत उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x