साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डिस्चार्ज

Nepal Telecom ad

हाम्रा प्रधान मन्त्रीको रोगको अमेरिकामा रोकथाम भयो
डिस्चार्ज गर्नु अघि फिटनेस जाँचको काम भयो
डाक्टरले भन्यो–
ओछ्यानबाट उठेर अस्पतालकै लुगामा दस पाइला हिँडेर देखाउनुहोस्
उहाँले हिँडेर देखाउनु भयो
डाक्टरले भन्यो–
अब दौरा सुरुवाल लगाएर दस पाइला हिँडेर देखाउनुहोस्
उहाँले त्यो पनि गरेर देखाउनु भयो
डाक्टरले भन्यो–
अब त्यसमाथि कोट र टोपी पनि लगाएर दस पाइला हिँडेर देखाउनुहोस्
उहाँले त्यो पनि गरेर देखाउनु भयो

अनि डाक्टरले डिस्चार्ज कार्डमा लेख्दै भन्यो
शरीरमा त्यत्ति लुगा बोकेर त्यत्ति हिँड्न सक्नु भयो भने
तपाईंको उपचार सफल भयो
तपाईं अब आफ्नो देश गए हुन्छ
आफ्नो पदभार सम्हाल्न सक्नु हुन्छ ।

यहाँभन्दा बढी लुगाको बोझ नबोक्नु होला
दस पाइला भन्दा बढी नहिँड्नु होला
ठुसठुस मात्रै गर्नु होला, प्रष्ट नबोल्नु होला
यत्ति कुरामा ध्यान दिनुभयो भने
तपाइँको स्वास्थ्य राम्रै रहला
आफ्नो पदभार सम्हाल्नु होला
माथिका कुरामा तलमाथि भए
तुरून्त जँचाउन फेरि फेरि आउनु होला
मन्त्री मण्डलका अरूलाई पनि
यतै रिफर गरिदिनु होला ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x