सुलसुलेघुम्ती कविगोष्ठीको २१ औँ कार्यक्रम
जोरपाटी, काठमाडौँ/भाद्र १४ गते । घुम्ती कविगोष्ठीको २१औँ कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम रामकुमार पण्डित क्षेत्रीको संयोजकत्वमा उहाँकै घर आरुबारी, जोरपाटीमा सम्पन्न भएको हो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार विजय चालिसे, कणाद महर्षि, महाकाव्यकार वेदमणि घिमिरे, कवि बाजुराम पौडेल, परशुराम पराशर, प्रदीपरत्न शाक्य, बालमुकुन्द कार्की, राजेश चोच्छे, रामकुमार पण्डित क्षेत्री, डिल्लीप्रसाद मूलतिहुन, अच्युत घिमिरे, बालकवि द्वय सुराग पण्डित क्षेत्री र अनुराग पण्डित क्षेत्रीलगायतले आ–आफ्ना कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार एवम् स्रष्टा विजय चालिसे अतिथि रहनु भएको थियो भने सभापतित्व रामकुमार पण्डित क्षेत्रीले गर्नुभएको थियो । पत्रकार नवराज चालिसेको उपस्थिति रहेको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































