चूडामणि रेग्मीचुसास्टक
१. तिमी लद्दु ! आस्था रूप गाँजा खाने तिमी
सारै ल्वाँदे मान्छे तिमी ! चुस बाबै ! चुस !
२. जतातिर नयनको कोण राख तिमी
पाउने छौ चुस्नु धर्म चुस बाबै ! चुस !
३. जन तन्त्र ! प्रजा तन्त्र ! चिउरा र आलु !
स्वाद सित खाइ रे’छन् ! चुस बाबै ! चुस !
४. जाति धर्म सम्प्रदाय टम्म पेट भर्छ !
जुँगा मोल्छ ! हो होइन ? चुस बाबै ! चुस !
५. नकच्चरो ! भनी कुल्र्यौ ! उही के जाति रे !
लाटा तिमी ! कठैवरा ! चुस बाबै ! चुस !
६. श्रम गर्यौ ! झोला भिर्यौ ! खसी खुसी कुध्यौ !
केही नापो लागेन है ! चुस बाबै ! चुस !
७. जेलाउने ! नेलाउने ! उही मान्ने भयो !
भद्रो हेर्छौ ! मौका च्याउ ! चुस बाबै ! चुस !
८. धर्म खोइ ? सुकर्मको फेद जरो खोइ ?
त्यो गङ्गा खै ? यो गङ्गा खै ? चुस बाबै ! चुस !
झर्रो नेपाली घर, चन्द्रगढी झापा
Subscribe
Login
0 Comments
Oldest






































