साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्छ बन्छ अनि देश बन्छ !

Nepal Telecom ad

कोइरालाको क्यान्सर गई सक्यो
दाहालको त्यो हाल भई सक्यो
ओली आज हो कि भोलि भई सक्यो
बन्छ बन्छ अब संविधान बन्छ
बन्छ बन्छ अनि देश बन्छ ।

सहमति खोज्ने सहमति भई सक्यो
रिसोर्टहरूको बिल नै कति भई सक्यो
पहिचान हुनेको पहिचान गई सक्यो
पहिचान नहुनेको पहिचान भई सक्यो
बन्छ बन्छ अब संविधान बन्छ
बन्छ बन्छ अनि देश बन्छ ।

जे जे ढाल्नु थियो सब ढली सक्यो
जे जे बाल्नु थियो सब बली सक्यो
जति चाल थियो सब चली सक्यो
छलीको छलले छली सक्यो
बन्छ बन्छ अब संविधान बन्छ
बन्छ बन्छ अनि देश बन्छ ।

जसले गन्नु थियो उसले गनी सक्यो
जति बन्नु थियो त्यति बनी सक्यो
सिङ्गै पुस्ताको केश गई सक्यो
सिङ्गै देश प्रदेश भई सक्यो
बन्छ बन्छ अब संविधान बन्छ
बन्छ बन्छ अनि देश बन्छ ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x