साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भित्तेपात्रोमा माघ आठ (२०७१)

Nepal Telecom ad

म मेरो भित्तेपात्रोमा माघ आठलाई नियाल्दै छु
आजभोलि छिमेकी आठको जताततै चर्चा सुनेर होला
माघ सात त आरिस र रिसले रातै भएको छ
कुप्रे बुढो चिप्लिएर उत्तानो टाङ लगाए झैं
टाउको तल र खुट्टा माथि लगाएको छ
छिमेकीको भाउ बढ्दा आरिस गर्नेहरूलाई जे हुन्छ
बिचरा माघ सातलाई त्यही भएको छ !

आठको अर्को छिमेकी नौलाई हेर्छु
ऊ मुन्टो बटारेर आठको उल्टो फर्केको छ
आज भोलि आठको भाउ बढेको हेर्नुभन्दा
रिसले रातै भएको दसलाई बरु हेरेको छ
म मेरो भित्तेपात्रोमा माघ आठलाई नियाल्दै छु ।

उता माघ आठ भने गचक्क परेर
आलीमा राखेको कोदाली जस्तै ढुक्क बसेको छ
आफ्नो आगमनको प्रतिक्षामा सिङ्गै देश नै उभिएको थाहा पाएर होला
ऊ त छातेटोपी लगाएर घुँडा खुम्च्याई बसेको छ
म मेरो भित्तेपात्रोमा माघ आठलाई नियाल्दै छु
म मेरो भित्तेपात्रोमा माघ आठलाई नियाल्दै छु ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x