साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारी ज्वाइँ हुन् कि कसो ?

Nepal Telecom ad

हामी केही मित्र कलैयाको भरतचोेकमा ठिङ्गेश्वर भएर वात मार्दै थियौँ । पच्छिम दिशाबाट एक हुल मानिसहरू आउँदै थिए । अघि अघि एउटा डरलाग्दो युवक राताम्मे भएर आयो । अवीरको बारेमा पसेर निस्केजस्तो थियो । घाँटीभरि माला ।

कुनै वीर पुरुषको शोभा यात्राजस्तै दृश्य थियो । एउटाले भन्यो, कर्मचारीको विदाइ होला । सँगै छउन्जेल सधैं खुट्टा तान्छन् तान्छन्, सरुवा भएपछि चैं समारोह गरेर ढाँचा पार्छन् । अचम्मकै जन्तु हुन् वा … यी कर्मचारी पनि ।

अर्कोले लख काट्यो, यी कुनै समाजसेवी पनि त हुन सक्छन्, जसलाई नागरिक अभिनन्दन गरिएको होस् ।

पहिलोले भन्यो, आजको युगमा समाजसेवीको सम्मान कसले गर्छ र ! यो कुनै पार्टीको नेता सेता होला । कुनै समारोहको प्रमख अतिथि हुन अन्मरिएकोे हुनु पर्छ ।

जति मुख उति कुरा– मुण्डेमुण्डे मति भिन्न ! त्यो बथानबाट उछिट्टिएको एकजना जन्तुलाई सोधेँ– हैन कुनै महत्वपूर्ण व्यक्तिको सम्मान समारोह थियो कि ?

जन्तुले जानकारी दिए, लौ कस्तो था नपाएको ! ती महान् माओवादी नेता हन् । हालसम्म उनले हजारौँलाई मत्र्यलोकबाट स्वर्गलोकमा सरुवा गराए हजारौँलाई घरवारविहिन बनाए … ! महान् क्रान्तिकारी नेता हुन् । उनको शरीरको कुनै गुप्तद्वारबाट माओको आत्माभित्र पसेछ र महाभारतको अभिमन्यु चक्रव्यूहमा पसेर निस्कन नसके जस्तो माओको आत्मा पनि नेताको शरीरमा भौतारिँदै छ रे !

अनि यति ठूलो अपराधीलाई यत्रो सम्मान…. ! अर्को प्याच्च बाल्यो ।

जन्तुले जनाउ दिए, अब उनले माओवाद त्यागेर खाओवादमा प्रवेश गरे ! यो उनको सरकारी स्वागत हो ! हृदय परिवर्तन भा’ हुनाले ती पूर्व माओवादीलाई उद्योगधन्धा गर्न बैंकबाट सहुलियत दरमा सरकारले ऋण पनि उपलब्ध गराइ दिने रे !

मैले सोधेँ– “माओवादीहरू सरकारी ज्वाइँ हुन् कि कसो ?” मलाई आग्नेय नेत्रले हेर्दै ती जन्तु आफ्नै बथानमा गएर मिसिए ।

बारा, हाल : थानकोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x