साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारमाथि दया गरौँ

Nepal Telecom ad

हामी नेपाली जनताले सरकारलाई सधैँ सहयोग र संरक्षण गर्दै आएका छौँ । सरकारले हामी जनतासँग बेलाबेला केही सानातिना अपेक्षा गर्छ । हाम्रो गच्छेले भ्याएसम्म उसका माग पूरा पनि गरिदिएकै छौँ । किनभने, हामीलाई हाम्रो सरकारका दुःखहरू थाहा छ । उसको निरीहपन थाहा छ । उसका लाचारी र बाध्यताहरू थाहा छ । त्यसैले हामी उसलाई सघाउन सधैँ तत्पर हुन्छौँ । हामी नेपाली जनता हाम्रो सरकारप्रति अत्यन्त दयावान् छौँ । उसको मायाले ओतप्रोत छौँ ।

गएको दीपावलीमा सरकारले हामीलाई दीप नजलाई दीपावली मनाउन आग्रह गर्‍यो । सरकारले भन्यो, \’म निरीह छु । दुःखी छु । जनतालाई दिन मसँग पर्याप्त बिजुली छैन । भएका विद्युत् आयोजनाहरू मर्मत गर्न नसकेर बेहाल छ । नयाँ आयोजना समयमा पूरा हुँदैनन् । विभिन्न बाधाव्यवधान आइरहन्छन् । गाउँलेहरूले सेयर माग्छन् । डनहरूले बाटो छेक्छन् । ठेकेदारहरूले निहुँ खोज्छन् । म केही गर्न सक्दिनँ । अतः तपाईं नेपाली जनताले बत्ती नबालिदिनूस् ।\’ सरकारले रुन्चे स्वरमा भनेपछि हामी त पग्लिहाल्यौँ । सरकार सँगसँगै गहभरि आँसु पारेर हामीले अँध्यारोमै छामछाम छुमछुम गर्दै बिस्तारै दीपावली मनायौँ ।

सरकारले भन्यो, उसको प्रहरी प्रशासन एकदमै नाजुक छ । पुलिसहरू कमजोर र डरछेरुवा छन् । गुन्डा केटाहरूले उनीहरूलाई आक्रमण गर्छन्, घाइते बनाइदिन्छन् । पटका सल्काएर उनीहरूका पिँधतिर हुर्‍र्याइदिन्छन् । सुरक्षा व्यवस्था मिलाउनै सकिन्न । दिउँसै त उनीहरूले आक्रमण गर्छन्, रातीको त झन् कुरै भएन । त्यसैले राती देउसी नखेलिदिनूस् । सरकारले रोइकराइ गरेपछि हामीलाई सरकारको अति नै माया लाग्यो । हामीले राती देउसी खेलेनौँ ।

अबका दिनमा पनि हामी चाडपर्वहरू मनाउँदा सरकारलाई सघाउन तयार छौँ । अर्को वर्षदेखि हामी दसैँमा तीन दानाभन्दा बढी अछेता निधारमा टाँस्ने छैनौँ । शान्ति सुरक्षामा खलल पुर्‍याउने प्रकारका जात्रा, चाडपर्व, नाचगान, झाँकी, उत्सव, भोजभतेर गर्ने छैनौँ । बाजागाजा बजाउने छैनौँ । चंगा उडाउने छैनौँ । साँझ परेपछि हामी पसल, होटल वा रेस्टुराँहरू बन्द गरेर सरकारलाई शान्तपूर्वक निदाउन सहयोग गर्नेछौँ ।

चाडपर्वका बेला हामीले यातायातको क्षेत्रमा पनि सरकारलाई सघाउनुपर्नेछ । बिचरा सरकारले बाटो राम्रो बनाउन सकेको छैन । यातायातका साधनहरू व्यवस्थित गर्न सकेको छैन । नियम कानुनहरू कार्यान्वयन गर्न त्यस्तै मुस्किल छ । यातायात व्यवसायीले गाडीमा चार गुनाभन्दा बढी यात्रु चढाउने, कवाडीलाई दिनुपर्ने गाडी भीरका कच्ची सडकमा तीव्र गतिमा दौडाउनेजस्ता समस्या हाम्रा सधैँका समस्या हुन् । सरकार त्यस्ता कुरा रोक्न असमर्थ छ । सरकारले भनेको पुलिसले त मान्दैन, अरूको के कुरा ! त्यसैले दुर्घटनाबाट बच्न हामी त्यस्ता गाडी नचढौँ, बरू ढाकर बोकेर पैदलै हिँडौँ । सरकारलाई सडक सुरक्षा गर्न नसकेको आरोप लाग्नबाट बचाऔँ । राजधानीका सडकमा हिँड्दा झनै सावधान होऔँ । ध्वस्त सडकका खाडलहरूमा बचेर हिँडौँ । सवारी साधनमा हिँड्दा पनि हातले डन्डीमा च्याप्प समातौँ । आफ्ना करङ जोगाऔँ । सरकारलाई गाली नगरौँ । माया गरौँ । दया गरौँ । गरिब र दुःखी सरकारको सेवा गरेर पुण्य प्राप्त गरौँ । यो लोक यस्तै भइगो, परलोक सुधारौँ ।

\’नेपाल\’ साप्ताहिक २०७१ कार्तिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x