साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओर्ल हे लौह नेता ?

Nepal Telecom ad

हेर्यौं बर्सौ तिन दशक नै, देशको लोकतन्त्र
भोगी ढोगी निरस– अगुवा, चाहने एकतन्त्र ।
मात्रै सत्ता सयर यिनको, जल्पना कल्पना भो
मात्रै नाता– अनुचर उठे, देश बर्बादमा गो ।।१।।

बाझ्ने जुध्ने जन– भ्रम छरी, देशलाई निमोठ्ने
जोगीजस्ता विकल जनतालाई, औधी चिमोट्ने ।
नारा छर्दै, धनपति बने, नक्कली शीर्ष नेता
हामी भन्छौं ‘नव नियम’ ली, ओर्ल हे लौह नेता ।।२।।

भाते छाते, नव–धनपति, गर्न सक्दैन राज
भोगी रोगी, दलपति हुँदा, मर्छ झन् राजकाज ।
देशै हाम्रो, विघटन हुने, देख्न थाल्यौँ तमासा
हामी भन्छौ, ‘नव–नियम’ ली, ओर्ल है लौह नेता ।।३।।

मिल्दैजुल्दै, युगयुग बस्यौँ, मान सम्मान गर्दै
नेपाली हौँ, अविचलित छौँ , एकतामा सुसेल्दै ।
फुट्ने टुट्ने, मन मगजका, प्लास्टिके तुच्छ नेता
फाल्छौँ हामी जनजन मिली, ओर्ल हे लौह नेता ।।४।।

(गणेशमान शतवार्षिकी सन्दर्भमा)
०७१ कार्तिक २२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x