साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा ! पैसा बचाउनुहुन्छ

Nepal Telecom ad

निकै मेहनती हुनुहुन्छ
सहनशील रहनुहुन्छ
मेरा बा ! पैसा बचाउनुहुन्छ ।

हलगोरु छन् घरमा
आफैं हली बन्नुहुन्छ
खेत जोत्नुहुन्छ
मेरा बा ! पैसा बचाउनुहुन्छ ।

अरुको जस्तै–
बाको पनि छ
शाही पनीर मीठो लाग्ने मुख
तर, पिँडालु उसिन्नुहुन्छ
आलु पकाउनुहुन्छ
मेरा बा ! पैसा बचाउनुहुन्छ ।

फाटेको मैलो कछाड बेर्नुहुन्छ
थाहा छ बालाई
नदेखिने चीज देखिनु हुँदैन
ढाका टोपी लगाउनुहुन्छ उस्तै
अस्कोटका दाँत छैनन्
चश्माको खुट्टा छैन
तैपनि, सन्तोष मान्नुहुन्छ
मेरा बा ! पैसा बचाउनुहुन्छ ।

महङ्गी छ बजारमा
आफ्नै बारीमा
सागसब्जी– तरकारी फलाउनुहुन्छ
मेरा बा ! पैसा बचाउनुहुन्छ ।

प्रायले कञ्जुसको नाउँले चिन्छन् बालाई
कसिकसाउ मोल गर्नुहुन्छ
प्रत्येक सामानमा
बोली लगाएरै छोड्नुहुन्छ
र पनि, मेरा बा ! पैसा बचाउनुहुन्छ ।

बाको विश्वास छ मप्रति
केहि सपना छन् म माथि
र त, जतिबेला पनि
मेरा माग पूरा गरिदिनुहुन्छ
मेरा बा !
मेरै लागि भए पनि
पैसा बचाउनुहुन्छ !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वैदेशिक रोजगार

वैदेशिक रोजगार

ईश्वर पाेखरेल
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x