साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छन्दका चार ठोक्तक

Nepal Telecom ad

एक
हत्याको स्थलमा बसेपछि कुनै बस्ने निहत्था ऊ त
लाछी रे ! पुरुषार्थ ता तब हुने ! ढुङ्गो छ जो वास्तव !
भन्छन् “मेल भए !” म छक्क सयदिन– को खेती अझै गर्दछन् !
“वाघे खेती” यहाँ छँदै छ गतिलै निर्विघ्न आक्रामक !

दुई

ए कान्छा ! अझ लम्फु नै ! कति जना चढ्दै पुगे लौ चुली !
कस्तो हौ ? इख छैन ! यो मरुभुईं सुख्खा छ ! राजी यहीं !
झोला भिर्न अझै सगर्व कसरी सक्छौ ? सवै हाँस्तछन् !
कोदे के भइ नै सके ! अझ तिमी भाषा र साहित्य नै ?

तिन

भन्थे “स्त्री पर नै रहुन् !” अनि उनै “देवी उनी हुन्” पनि !
मेरा ता गुरु “मुक्ति पाठ” दिनहुँ राम्रै सिकाउँदथे !
केहीका सँग मित्रता ! कति जना निक्कै पराया भए !
लौ है ! यो छ समाज ! यी गुरु दुवै ! अर्ती छ रोज्जा कुन ?

चार

भ्रष्टाचार उखेल्न तत्पर यहाँ हाम्रा ठुला देखिए !
अर्को देशतिरै कुरा अझ नयाँ पार्छन् यसै नै गरी ?!
बेस्मारी गर हल्ल्खल्ल ! यति नै जप्ता रहेछन् जप !
हाम्रो देश उता विदेशतिर नै ! यस्तै सधैं नै छ त ?

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x