साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ध्वस्त

Nepal Telecom ad

ध्वस्त नै हो मेरो नाम
ध्वस्त नै हो मेरो काम
मलाई ध्वस्त नै मन पर्छ
ध्वस्तैमा यो मन अड्छ ।

शान्तिलाई पड्काउँदै
क्रान्तिलाई लड्काउँदै
सहमतिलाई अड्काउँदै
सहकार्यलाई भड्काउँदै
गाउँ शहर ध्वस्त पार्नु छ
सडक सदन अस्तव्यस्त पार्नु छ
किनभने
मलाई ध्वस्त नै खान मन छ
मलाई ध्वस्तमै जान मन छ ।

कलाकारखाना गरी बन्द
शिक्षणलाई पारी मन्द
व्यवसायमा हाली दुर्गन्ध
देशको अर्थतन्त्रलाई ध्वस्त पार्नु छ
धनीलाई गरीब,
गरीबलाई सबैलाई
झन गरीबको रेखामुनि झार्नु छ
किनभने
ध्वस्त हो मेरो विजय
ध्वस्त हो मेरो आशय
भोकोलाई भोकै राखेर
नाङ्गोलाई नाङ्गै पारेर
सात सालदेखि अहिलेसम्म
ध्वस्त नै हो मेरो जित
ध्वस्त हो मेरो प्रीत ।

कहिले क्रान्तिको आगो बालेर
कहिले शान्तिको धागो फालेर
धनीलाई झिरमा उन्दै
गरिबको झुठो सपना बुन्दै
ध्वस्तैलाई समाउँदै
ध्वस्तैमा रमाउँदै
ध्वस्तैमा कमाउँदै
ध्वस्तैमा देखेको छु मेरो हित
त्यसैले
ध्वस्त नै हो मेरो गीत
ध्वस्त नै हो मेरो हित
ध्वस्त नै हो मेरो रित ।

मुखले बोली राम राम
बगली छुराले तमाम
भनेर अरुलाई तथानाम
मानेर आप्mनो सही काम
कमाउन छ धेरै दाम
देशैलाई पारेर जाम
किन कि
ध्वस्त नै मन पर्छ
ध्वस्तैमा मन अड्छ
ध्वस्त नै मेरो नाम
ध्वस्त नै मेरो काम ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x