साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई चट्याङ

Nepal Telecom ad

१. खबरदार !

खबरदार ! केही राम्रो देख्लाऊ
राम्रो सोच्लाऊ राम्रो लेख्लाऊ
आफैं राम्रो केही गर्लाऊ
कसैलाई राम्रो भन्लाऊ
खबरदार, ढाड भाँचिने गरी भेट्लाऊ !

केही राम्रो कतै नहेर्नू
देख्खिहाले आँखा छोप्नू
सत्तो सराप सबको गर्नू
नराम्रो नै सोच्नू लेख्नू !

खत्तम खत्तम खत्तम भन्नू
जप्दै खत्तम आफैं बन्नू
हास्यव्यङ्ग्यकार मै हुँ भन्नू
खबरदार ! केही राम्रो देख्लाऊ,
ढाड भाँचिने गरी भेट्लाऊ !

२. नशा
गाँजा भाङ धतुरो जस्तै
रक्सी र प्रेम उस्तै उस्तै
कुनै लामो कुनै छोटो
मात लाग्ने छोड्ने उस्तै
नशा सबैको उस्तै उस्तै ।

मात लाग्ने सप्पै जस्तै
लाग्दा धर्ती आकाश उस्तै
आफ्नै बाउको बिर्ता जस्तै
तारा टिप्ने फूल जस्तै
रक्सी जस्तो प्रेम उस्तै
लाग्दा छोड्दा उस्तै उस्तै ।

रक्सीको मात उत्रे जस्तै
प्रेम नशा छुट्दा त्यस्तै
टाउको दुख्ने ह्याङओभरले
जिउ लल्याक लुलुक उस्तै ।

झोक्राउने पछुतो उस्तै
होस् खुल्दा दिक्क त्यस्तै
दिक्कदेखि दिक्क मान्दै
फेरि खोज्ने नशा उस्तै ।

जस्तो रक्सी प्रेम उस्तै
मात लाग्ने उस्तै उस्तै
लाग्दा मजा छोड्दा दिक्क
सबै नशाको कामै त्यस्तै ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x