साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाले किन डिभोर्स दिए ?

Nepal Telecom ad

सानो जागिर भए पनि
बाले पैसो कमाएकै थिए
त्यै पैसोमा बाआमासँग
म पनि रमाएकै थिए
आमालाई खै के भो कुन्नी
बिस्तारै धेरै शौख पाल्नु भो
कहिले नेटवर्किड
कहिले ढुकुटी भन्दै
अनेक थोक थाल्नु भो ।

एक दिन
बालाई थाहै नदिई सुटुक्क
एउटा कदम चाल्नु भो
सम्पूर्ण गरगहना बेची
ढुकटीमा पैसो हाल्नु भो ।

त्यसपछि त
ढुकुटीको भोज भतेर भन्दै
साडी कुर्ता फालेर
प्यान्ट टिसर्ट लाउन थाल्नु भो
बा रिसाउँदा झन
धन कमाउन जान्नुपर्छ भन्दै
बाकै अगाडि
नोटका बिटाहरू फाल्नु भो ।

बिस्तारै बिस्तारै
रक्सी पनि मुखमा हाल्नु भो
कहिले मातले मात्तिँदै
घरमा ढिला आउन थाल्नु भो
बालाई नै नसोधी,
अनेक कदम चाल्नु भो
ऊँको नाममा टोम नजान्नले पनि
टुट्याफुट्या अङ्ग्रेजी बोल्न थाल्नु भयो
बाले जति सम्झाए पनि
अनेक कुराले टाल्नु भयो ।

पछि त दिनहुँ जस्तो
मध्यरातमा घर पाल्नु भयो
कहिले कस्लाई लिएर
कहिले कस्लाई लिएर
घरमै पराई मान्छे हाल्नु भो
रमाइलो त्यो घरमा
ठुलै आगो बाल्नु भयो ।

बाले दिक्क भएर
एक दिन
डिभोर्सको कदम चाल्नु भो
त्यसपछि त आमा
ढुकुटीको धाक देखाउँदै
नयाँ घर किनेर
उतै बस्न थाल्नु भो ।

आज भोलि सुन्छु
ढुकुटी डामाडोल भएपछि
घरै बेचेर पनि तिर्न नपुग्दा
भूमिगत जीवन थाल्नु भो
मान्छेहरू सोधिरहन्छन् मलाई
तिम्रो बाले किन
डिभोर्सको कदम चाल्नु भो
तर कति भन्ने मान्छेहरूलाई
आमाले नै आप्mनो परिवार माथि
यो बज्र फाल्नु भो ।

दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x