दुर्गाप्रसाद ग्वालटारेप्रश्नमा
सहिदको बलिदान प्रश्नमा
जनताको स्वाभिमान प्रश्नमा
खाडल भो हिजो र आजमा
अगुवाको परिधान प्रश्नमा
हातहरू “जगन्नाथ” निस्किए
भान्सेको छलछाम प्रश्नमा
“अधिकार मेरो कर्तब्य तेरो”
कारबाहीको लम्बेतान प्रश्नमा
लुट्ने पनि हदै, खप्ने पनि हदै
दुबै सज्जन र बेइमान प्रश्नमा
कस्तो स्वादिलो सत्ताको डोरी ?
घम्साघम्सी र तानातान प्रश्नमा
“आँखा तरी” भो आकाशको फल
दीर्घप्रतिक्षित संविधान प्रश्नमा
आँकडा समयमै राख्नु पर्ला
हाल मौजुद झ्यालखान प्रश्नमा
२०७१ कात्तिक
काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest







































