साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विकल पुरस्कार घोषणा

Nepal Telecom ad

आज २०७१ कार्तिक ३० गते बसेको रमेश विकल साहित्य प्रतिष्ठान बैठकले विभिन्न पुरस्कारहरूको घोषणा गरेको छ ।

प्रतिष्ठानद्वारा प्रकाशित प्रेसविज्ञप्ति अनुसार रमेश विकल वाङमय पुरस्कार- २०७१ लामो समयदेिख नेपाली आख्यान, भाषासािहत्य र साहित्यक पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएकोमा चूडामणि रेग्मीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि २५ हजार रूिपयॉ रहेको बताइएको छ ।

यसरी नै रु १० हजार रूिपयॉको रमेश विकल–सुशीला समाजसेवा पुरस्कार असहाय तथा परित्यक्त बालबालिका र वृद्धवृद्धाको निस्वार्थ सेवामा समर्पित पवित्र समाजसेवा,नेपाल, धापासीलाई र रमेश विकल सृजना पुरस्कार लामो समयदेखि नेपाली साहित्यको निरन्तर सृजनामा समर्पित साहित्यकार कणाद
महर्षिलाई प्रदान गर्ने निर्णय गरिएको छ । यसरी नै यसैवर्षदेखि स्थापना गरिएको रमेश विकल बालसाहित्य पुरस्कार बालसाहित्यकार रञ्जुश्री पराजुलीलाई प्रदान गर्ने निर्णय गरिएको छ । यी दुवै पुरस्कारको रकम रू. पाँच–पाँच हजार रहेको जनाइएको छ ।

रमेश विकल सृजना पुरस्कारका लागि वरिष्ठ साहित्यकार चिन्तक आनन्ददेव भट्ट तथा बालसाहित्य पुरस्कारका लागि साहित्यकार गोविन्द घिमिरे वेदमणिले अक्षयकोष स्थापनाको लागि एक एक रूपियाँ प्रदान गर्नुभएको बताईएको छ ।

पुरस्कार आगामी पुस ५ गते ११.३० बजे साहित्य सदन रामिहटीमा हुने रमेश िवकल स्मृित सभा तथा साधारण सभाका अवसरमा अर्पण गिरने छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x