साधुराम खड्काबुढो नभएको मन
कुर्दा कुर्दै निन्द्रा नजिक पुगेँ
कुर्दाकुर्दै कपाल पनि फुलीसके
दाँतहरूले बिदा लिईसके
आँखाहरूमा जालो लाईसके
तरूनीहरू बिच्किन थालीसके
घरले जा जा वनले
आईजा आइज भन्न थालीसके
प्रति किलो रू. सयमा खाएको मासु
आज हजार पुगीसक्यो
मेरा साथीहरूका पनि
घरबार भैसक्यो
बच्चाहरू स्कुल जानथाली सके
बा र आमा भन्न थालीसके
भो अब धेरै कुर्दिन म
मेरो प्रतिक्षाको समय
अगि नै सक्किई सक्यो !
हेर्दा हेर्दै जिउ पनि मक्किई सक्यो
के गर्नु साथी
नजर मेरा तिमी भन्दा
अन्त कतै जाँदै गएन
जतिसुकै तन बुढो होस्
मन कहिल्यै बुढो भएन ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































