साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के गर्नु ? सरकारै खत्तम छ !

Nepal Telecom ad

भिडमभिड फुटपाथमा हिँड्दै, दाँतले जिब्रोको टुप्पो थिच्दै
पिचिक्क थुक्यो पिचकारी, “के गर्नु ? सरकारै खत्तम छ !”

अफिस मेचमा बसेर, नाकमा औँला कोचेर
झिकेर केही नाकबाट मेचमुनि त्यो पोतेर–
“के गर्नु ? सरकारै खत्तम छ !”

बाथरुमबाट निस्केर चिसै हात लिएर
भेट्यो साथी तुरुन्तै मिलायो त्यै हात दिएर
“के गर्नु ? सरकारै खत्तम छ !”

बाटोमा युवती हिँडदै छिन्, दुईटा केटाले जिस्क्याए
देख्ने वरिपरि पाकाले चुपचाप हेरे, मुस्काए
“के गर्नु ? सरकारै खत्तम छ !”

दश वर्षे कलिलो केटोले, चुरोट किनेर सल्कायो
पैसा फिर्ता दिँदै पसले मुसुक्क हेरेर मुस्कायो
“के गर्नु ? सरकारै खत्तम छ !”

जानु पर्ने कतै छैन, चढ्यो भिड बस छानेर
सर्दै सर्दै युवतीसँगै उभियो ठेलठाल गरेर
“के गर्नु ? सरकारै खत्तम छ !”

चकलेट बिस्कुट पानपराग पानी होस् या बदाम
खायो सक्यो फ्यात्त फ्याँक्यो फोहर सप्पै सडकमा
“के गर्नु ? सरकारै खत्तम छ !”

तिर्दा भाडा ट्याक्सीको, बसको होस् या टेम्पोको
फिर्ता माग्दा खुद्रा छैन तिन चार रुपियाँ सित्तैँ भो
“के गर्नु ? सरकारै खत्तम छ !”

चौध पन्ध्रको केटो छ स्कुलको ड्रेसमा
भट्टीमा रक्सि खाँदैछ, वरिपरि सब छन् मेचमेचमा
“के गर्नु ? सरकारै खत्तम छ !”

केरा खाँदै हिँड्दै छ, फ्याँक्दै बोक्रा बाटोमा
चिप्लेर पछिल्लो पछारियो गललल्ल हाँसो वरपरमा
“के गर्नु ? सरकारै खत्तम छ !”

बत्तिसपुतली, काठमाडौं

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x