साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धिक्कार धिक्कार धिक्कार !!!

Nepal Telecom ad

झुटो सधै बोलेर, आसे गरिब ठगेर
टन्न अघाउ तिमी, भोकाको भाग खोसेर
आफ्नै विवेक मार्नु, दुर्बल समाई पछार्नु
तर्साई देश सारा गर्नु नगर्नु गर्नु ।

एउटा क्यै तन्त्र भन्दै, झण्डा उचाली दौड
जम्मा गरी गरिब आसे भरेर चउर
गाँजा या भाङ धतुरो, रक्सि या जाँड खाऊ
टन्नै नशामा झुम्दै सिद्धान्त क्वै सुनाऊ ।

भन्देऊ न देश भोलि स्वर्गै बनी उदाउँछ
पत्याउन्न जो कसैले डरले को सोध्न आउँछ ?
त्यसमाथि तिम्रो भिड्छ, माला गलामा तिम्रो
मन्त्र त्यहाँ सबैलाई जे झार्छ तिम्रो जिब्रो ।

आफू नशामा तिमी जे जे रमाइलो देख्छौ
भन्देऊ माइकबाट ताली हजार भेट्छौ
तिम्रो नशा अरुमा तिम्रो कुराले सर्छ
भ्रमित बनुन् सबै ती तिम्लाई फरक के पर्छ ?

तिमी फटाहा नै हौ, सच्चाईलाई दबायौ
पापी थियौ तिमी एक सबलाई त्यही बनायौ
जित्यौ ल जित देश, देवता बन्यौ तिमी ता
भविष्य जे जता होस् एकछिन भयो रमिता ।

यत्ति नबिर्से पापी, भोलि त घाम लाग्छ
भोलि नलागे पर्सि कुनै बेला त लाग्छ
झलमल्ल हुन्छ दिन जब तिम्रो नशा हराउँछ
तिमीलाई नै सराप्दै सिङ्गै यो देश कराउँछ ।

त्यसबेला तिम्रा कोही सन्तान बाँकी होलान्
धिक्कार्दै तिमीलाई छाती पिटेर रोलान्
मान्छे भएर जन्मी तिम्रो ठगी यो रुप
कस्तो नराम्रो छिछी देशकै ठूलो कलङ्क ।

एक पेट मिठो खान मोटर चडी रमाउन
ध्वस्तै बनायौ देश पैसा केही कमाउन
लाखौँ दुखेको चित्त, रोदन र तिनको चित्कार
सुन्नेछौ जन्म जन्म धिक्कार धिक्कार धिक्कार !!!

बत्तिसपुतली काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x