साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाहन्छु भेडै हुन

Nepal Telecom ad

काँडा दुच्छर–निम्ति सज्जित यहाँ शय्याहरू मख्मली
सौम्य–स्नेहिल पूmल–निम्ति तर छन् शूलीहरूका चुली
मान्छेको दनुजत्व खप्न नसकी त्यागेर मान्छे–जुनी
चाहन्थे बिचरा महाकवि कठै ! निर्बोध भेडो–जुनी

यौटै लालस– देख्नु–भर्नु सबमा सद्भाव–हाँसो–खुसी
रित्तो कत्ति कतै नहोस्, दिनदिनै सर्वत्र होस् त्यो झुसी
स्वप्ना साँचिरहूँ– सदा सृजनको, हो सिर्जना जिन्दगी
हट्ला नै अविवेकको–अनयको कैल्यै त यो गन्दगी

कैले हिंस्रक हूलले ‘पशु’ गन्यो, कैले भन्यो ‘पागल’
वै¥याएर सधैं चट्याङ–असिना–आँधीहुरी–बादल
सच्चा सर्जकको सुकोमल हिया चर्केर पैह्रो गयो
अन्तश्चेत सदा बलात्कृत हुँदा भेडो पियारो भयो

भेडोमा न त स्वाभिमान, न कुनै संज्ञान–संवेदना
या लौ शोषणका विरुद्ध कहिल्यै विद्रोहको भावना
लागे भोक–, पराल–घाँस र ढुटो खायो, चपायो, उँघ्यो
छट्टूबाट उचालिएर कहिले आफन्तसाथै जुध्यो

बोकी नून र ऊन कुस्त कुटुरो सोँट्ठ्याइँदै हाँकियो
हिँड्दा लस्करमा डुब्यो कि त कुनै सारा बथानै डुब्यो
बेचे मालिकले कठै ! लुरुलुरू क्रेतासँगै घिच्चियो
रेटेमा पनि रोष छैन, सहजै घिच्रो पसा¥यो, म¥यो

यस्तो त्रूmर सहिष्णुता र जडता ! यो दुर्दशा, दासता !
ज्यूँदै ‘जीवनहीन जीवन’ हुने भेडै त हो एउटा
मान्छेले कसरी सहन्छ यसरी ? त्यैमाथि झन् बौद्धिक
झन् त्यस्मा पनि जो समाज–अगुवा, सर्वोच्च साहित्यिक !

प्रज्ञाका, अनि चेतना र करुणा–संवेदनाका धनी
त्यत्रा साधकले हरे ! किन त्यसो होला भनेको ? भनी
पर्थें छक्क म, किन्तु आज बुझियो– त्यो वेदनाको धुन
ढोग्दै त्यो ‘कवि–चेत’ आज म खुदै चाहन्छु भेडै हुन ।

इमाडोल, ललितपुर, ६ मङ्सिर २०७१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दगीका तीन ठाेकान

जिन्दगीका तीन ठाेकान

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
जन्मन्छौ कहिले तिमी ?

जन्मन्छौ कहिले तिमी ?

निर्मोही व्यास
‘जब आयु ढल्यो…’

‘जब आयु ढल्यो…’

निर्मोही व्यास
अटाइन

अटाइन

निर्मोही व्यास
ओकल्छु आगो म बागी बनेर

ओकल्छु आगो म बागी...

निर्मोही व्यास
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x