निर्मोही व्यासचाहन्छु भेडै हुन
काँडा दुच्छर–निम्ति सज्जित यहाँ शय्याहरू मख्मली
सौम्य–स्नेहिल पूmल–निम्ति तर छन् शूलीहरूका चुली
मान्छेको दनुजत्व खप्न नसकी त्यागेर मान्छे–जुनी
चाहन्थे बिचरा महाकवि कठै ! निर्बोध भेडो–जुनी
यौटै लालस– देख्नु–भर्नु सबमा सद्भाव–हाँसो–खुसी
रित्तो कत्ति कतै नहोस्, दिनदिनै सर्वत्र होस् त्यो झुसी
स्वप्ना साँचिरहूँ– सदा सृजनको, हो सिर्जना जिन्दगी
हट्ला नै अविवेकको–अनयको कैल्यै त यो गन्दगी
कैले हिंस्रक हूलले ‘पशु’ गन्यो, कैले भन्यो ‘पागल’
वै¥याएर सधैं चट्याङ–असिना–आँधीहुरी–बादल
सच्चा सर्जकको सुकोमल हिया चर्केर पैह्रो गयो
अन्तश्चेत सदा बलात्कृत हुँदा भेडो पियारो भयो
भेडोमा न त स्वाभिमान, न कुनै संज्ञान–संवेदना
या लौ शोषणका विरुद्ध कहिल्यै विद्रोहको भावना
लागे भोक–, पराल–घाँस र ढुटो खायो, चपायो, उँघ्यो
छट्टूबाट उचालिएर कहिले आफन्तसाथै जुध्यो
बोकी नून र ऊन कुस्त कुटुरो सोँट्ठ्याइँदै हाँकियो
हिँड्दा लस्करमा डुब्यो कि त कुनै सारा बथानै डुब्यो
बेचे मालिकले कठै ! लुरुलुरू क्रेतासँगै घिच्चियो
रेटेमा पनि रोष छैन, सहजै घिच्रो पसा¥यो, म¥यो
यस्तो त्रूmर सहिष्णुता र जडता ! यो दुर्दशा, दासता !
ज्यूँदै ‘जीवनहीन जीवन’ हुने भेडै त हो एउटा
मान्छेले कसरी सहन्छ यसरी ? त्यैमाथि झन् बौद्धिक
झन् त्यस्मा पनि जो समाज–अगुवा, सर्वोच्च साहित्यिक !
प्रज्ञाका, अनि चेतना र करुणा–संवेदनाका धनी
त्यत्रा साधकले हरे ! किन त्यसो होला भनेको ? भनी
पर्थें छक्क म, किन्तु आज बुझियो– त्यो वेदनाको धुन
ढोग्दै त्यो ‘कवि–चेत’ आज म खुदै चाहन्छु भेडै हुन ।
इमाडोल, ललितपुर, ६ मङ्सिर २०७१
Subscribe
Login
0 Comments
Oldest










































