रमेश खकुरेलसाथी
(तनुमध्या छन्द)
तिम्रो पनि साथी
मेरो पनि साथी
हामी दुइटैको
टेकी शिरमाथि ।
हान्यो जब लात्ती
चक्र्यो अनि छाति
यस्ता शठ साथी
केको हुनु जाती ।
ऐया ! जब सुन्छ
दङ्गै झन हुन्छ
के भो ? नबुझेझैं
सोधी पनि दिन्छ ।
हामी मह काढ्ने
साथी मह चाट्ने ?
खौलातिर लाने
झाँको अब झार्ने ।
को छौ भन साथी
आओ अब माथि
कालो तम राति
फाल्नै अति जाती ।
कमलपोखरी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































