साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भालु नाच नचाइयो ?

Nepal Telecom ad

छोरा राष्ट«ियता बोक्ने, खम्बा– अम्बा बनाइयो
भतिजा ज्वाईंका जिम्मा, “समाजवाद” लाइयो ।
सम्धी–साला र सालीमा, “प्रजातन्त्र” जमाइयो
चालु संघर्ष आलु भो, भालु–नाच नचाइयो ।।१।।

पुरानै नानीको बानी, शब्दमात्रै नयाँ दिँदै
पञ्च शाह र राणाको, पदचाप छुँदै छुँदै ।
चल्यो बिथितिको राज, झगडा तगडा कडा
भगबन्डा मिलाएरै, सबै छन् लुट्नमै खडा ।।२।।

सत्ताधारी सबै बन्दा, प्रतिपक्ष त मासिए
बर्सौ वर्ष बिते किन्तु, मान्यता–मूल्य भाँचिए ।
लड्यो सिद्धान्तको माथा, आदर्श घाइते भयो
कोटरी गूट चैते वा, कात्तिके “आइते” भयो ।।३।।

“मोदी” भ्रमण गर्दैछन्, गर्दैनन् फेरि भन्दछन्
कच्चा बालक झैं शीर्ष, बुद्धिनै मन्द–मन्द झन् ।
“राजनयिक” क्वै छैन, भएनन् देश–रक्षक
बन्न सक्दैन “कानून”, जम्मै तक्षक– भक्षक ।।४।।

दलको रूप नै छैन, भताभुङ्ग जताततै
जनता टाउको राख्न, पाउँदैन यहाँ कतै ।
जात थात सबै क्षेत्र, धर्म लिङ्ग उचालियो
टूट्फूट र विद्वेश, झगडा झन् पिलाइयो ।।५।।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x