साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्रको खाल्डो

Nepal Telecom ad

राजा खुसी थिए, जनता दुःखी थिए ।
जनता खुसी भए, राजा दुःखी भए ।
राजा शहरमा थिए, जनता पहाडमा थिए,
जनता शहरमा आए, राजा पहाडमा गए ।

राजालाई २०४७ को संविधानले नपुगेर हो कि
नयाँ गणतन्त्रले न भएर हो ?
उन्नाइस दिनसम्म
दरबारको खोकिलाको खोडीप्वालबाट आँखै फुट्ने गरी
जनतालाई नियालीरहे,
रत्नपार्क दरबारमार्ग र भद्रकाली
उन्नाइस दिनपछि बनाइदिए दरबारै खाली ।।

राजा र रैतीको अन्धरध्रुवीय सम्बन्धबाट
जन्मिएको यो गणतन्त्र,
नेताको काखमा हुर्केर
कहिले यो दल
कहिले उ दलसँग खेलिरहेछ ।
गणतन्त्र जन्मिएपछि
सरकारी अनुदान खाएर
गणतन्त्रका भित्ते प्रधानमन्त्रीहरू,
गणतन्त्रे बाउ बन्न,
धेरै आए, धेरै बने, धेरै गए ।

राजालाई नागरिक बनाए,
जनतालाई लद्दु बनाए
तातो–तातो आलु खुवाए,
छ सय एक ल्याए,
सपनामा संविधान बनाए,
चार वर्षसम्म सत्तामा बसाए,
नौ अर्ब भत्ता पचाए,
अरु दुनियाँ हँसाए,
आफ्नो मातृभूमि रुवाए
संविधानलाई कुहाए ।

आज दल फुटिरहेछ संविधानको लोभमा,
डोरीजस्तो चुँडिरहेछ अनुदानको लोभमा,
छिमेकी देश पट्याएर,
आफ्नै घाँटी अठ्याएर ।

अब चाहे तपाईं नयाँ डोरीमा समाउनुस्,
चाहे पुरानै डोरीमा झुण्डिनुस्,
चाहे बाँदर उफ्रेझैं उफ्रिनुस्,
चाहे उक्लिनुस्, चाहे ओर्लिनुस्,
यो गणतान्त्रिक चुनावको खेल
कोही खेलिरहेछन्
कोही हेरिरहेछन् ।

नेताहरू ‘गणतन्त्र’ ‘गणतन्त्र’ भन्दै नालीको खाडलमा
हाम्फालिरहेछन् अझै,
जानी जानी खाडलमा हाम्फाल्न खोज्नेलाई भन्नुस् त,
हामी के नै गर्न सक्छौँ ?
उ त्यहाँ खाडल छ भनि
खाडल देखाइदिन मात्र सक्छाँै ।

चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x