साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यहाँ यस्तै हुन्छ !

Nepal Telecom ad

हिजो छोरा कृष्णे मर्यो आज बाबु नन्दे !
विरोधीका खप्परैमा हान्छौं गई भन्दे !
लोकतन्त्रे सरकार ! यहाँ यस्तै हुन्छ,
राहतको नाउँ पारी केही रुप्पे गन्दे !
(१)

मिडियामा, सडकमा अधिकारवादी !
नौटंकी भो, जनताको चाहे झरोस् लादी
कस्ले मार्यो ? निसाफको खुल्ने छैन ढोका
नयाँ ‘नरेश’का सुरक्षित गाथगादी !
(२)

नन्दे स्वर्ग पुगिसक्यो यिनी न्यूयोर्कमा ?
संयुक्त राष्ट्रसंघमा कैले त शार्कमा !
फलिफाप सबै ठाउँ डलरको खेती
वाणीमा छ आकर्षण, अजेय तर्कमा !
(३)

नेता, मन्त्री, शासनको देखिसक्यौँ चाला
तिमीबाटै निर्लज्ज भै यिनी भिर्छन् माला !
नारा सुन्दै रमिते झैं चुपचाप बस्छौ,
भन तिम्रो मुखमा छ किन भोटे ताला ?
(४)

दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x