साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिमाल

Nepal Telecom ad

सूर्यले ह्वाररर आगो ओकल्दा
गर्मीले भतभत छट्पट चल्दा
तरतर हरपल पसिना बग्दा
खोज्छु हिमाल म, ऊ छ बेपत्ता !

तुवाँलोले सिर पाउ छोपी
डाँडा पारि निदाएको हो कि !
नाम निशाना कतै देखिँदैन
हिमाल ! हिमाल !! जति कराउँ छैन !

जिनतिन गर्मी महिना जान्छ
जाडोले लुगलुग जब जिउ काम्छ
ड्याम्म हिमाल नाकै अगाडि
हिमाल अगाडि हिमाल पछाडि !

फर्क हिमाल जाऊ अहिले नआऊ
जाडो भरीलाई मुख नदेखाऊ
गर्मीमा आउनू शितल ल्याउनू
म नाचौँला तिमी सुसेल्नू ।

बत्तिसपुतली, काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x