साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीति के हो ?

Nepal Telecom ad

सात वर्षे नातिलाई पढाउने क्रममा सोधेँ–
“भन त बाबु, दुई र दुई जोड्दा कति हुन्छ ?”
नातिले मलाइ अलि अस्वाभाविक किसिमले हेर्यो
उसका ओठमा हाँसो लुकाउन नसक्दा देखिने मुस्कान देखा पर्यो
र भन्यो–
“दुई र दुई जोड्दा ६०१ हुन्छ, बुबा !”
अनि,
उसका ओठमा हाँसो लुकाउन नसक्दा देखिने मुस्कान झन् प्रस्ट देखा पर्यो ।

आखा तर्दै, रिसाए झैं गर्दै, कड्कँदै मैले भनेँ–
“केरे केरे ? दुई र दुई जोड्दा कति हुन्छ रे ?”
ऊ पनि गम्भीर बन्यो, मनमा केही कुरा गम्यो
अनि मेरो दाह्री सुम्सुम्याउँदै भन्यो–
“न रिसाउनु होस् बाबा,
दुई र दुई जोड्दा चार हुन्छ
त्यो त मलाई आउँछ ।”
उसको ओठमा कुटिल हाँसोको छायाँ उदाउँछ ।

छक्क पर्दै मैले सोधेँ– “किन ६०१ भनेको त ?”
उसले हाँस्दै भन्यो–
“मैले त तपाईंसँग राजनीति गरिहेरेको, हा हा….. ।”

ऊ पुरै हाँसो छताछुल्ल हाँस्यो र भन्यो–
“हिसाब तपाईंले मलाइ सिकाउनुहोस्
म तपाईंलाई राजनीति सिकाउँछु ।”

दङ्ग पर्दै सोच्न थालेँ–
जुन राजनीति बुझ्न खोज्दा खोज्दा
बुझ्नै नसकी मेरो सत्तरी उमेर नाघ्यो
राजनीति जस्तो जटिल विषय पनि
सात वर्षे नातिले बुझेको पो ठिक लाग्यो !

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x