साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठग साधु

Nepal Telecom ad

म केही दिनपछि बाहिरबाट आउँदै थिएँ । वीरगञ्जमा कलैया जानका लागि बस भनिने टिनको थोत्रो बाक्सामा पसेँ, एउटा नेर नारिएर बसेँ ।

बसमा धेरैजसो यात्रुले नाक छोपेका थिए । अचम्म लाग्यो– किन यसरी नाक छोपेका होलान् ?

हतपत आफ्नो जुत्तातिर हेरेँ, फोहोर पो कुल्चिएछ कि भन्ठाने । सुपरिचित, परिचित, अर्धपरिचित सबैले आ–आफ्नो नाक रुमालले छोपेका थिए । कसैको पनि नाक नदेखिने । नाकको कुनै विमारी चलेछ कि क्या हो । रुमाल उत्पादन कुनै नयाँ कम्पनीले प्रचारका लागि रुमाल बाँडेको हो कि ? हो भने मैले रुमाल किन पाइन ? अनेक तर्कना चल्यो ।

खपिनसक्नु भएपछि सहयात्रीलाई कोट्याएँ– किन सबैले नाक छोपेका ? सहयात्रीले भन्यो, हामी बाराबासीको नाकै काटियो । इज्जतै गयो हाम्रो जिल्ला नकटो भयो ।

मैले प्रश्न गरेँ– कसरी हाम्रो नाक काटियो ? हामी कसरी नकटा भयौँ ?

हाम्रो जिल्लाबाट पहिला तीन क्षेत्र एमालेको कब्जामा थियो । तैपनि हाम्रा अभागी सांसदहरूलाई कसैले मन्त्री पद पत्याएनन् । हामी सबैको नाक काटिएन ? त्यसैले यो काटिएको नाक किन कसैलाई देखाउनु भनेर रुमालले छोप्दै हिँडेको । तपाईँ पनि छोपि हाल्नुस् ! सहयात्रीले व्याख्या गर्दै सल्लाहसमेत सित्तैमा दियो ।

यस्तो बकम्फुसे कुरामा म विश्वास गर्दिन । भट्टराई बुढासँग देश चल्दैन । पछि भट्टराईलाई हटाएर नेकाले नै अर्को मन्त्रीमण्डल बनाउने षड्यन्त्रमा हाम्रा सांसद पनि पर्न सक्छन् । जिल्लामा बस्दा षड्यन्त्र गर्ने राम्रो अनुभव हाम्रा सांसदहरूले सँगालेका छन् । त्यो अनुभव कहिल्यै त काम लाग्ला ! – मैले टिप्पणी गरेँ ।

यत्तिकैमा विचित्र आवाज गर्दै बस हिँड्न थाल्यो । ९० प्रतिशत नाङ्गो एउटा ठग, जसलाई सबैले साधु भन्थे, पैसा मागेर बसबाट तल झर्यो ।

बारा, हाल– थानकोट, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
0
Would love your thoughts, please comment.x
()
x